
धन बस्नेत, पोखरा- आहा राराको आज १६ औं सस्करणको पहिलो सेमिफाईनल । पहिलो सेमिफाईनल पाहुना टोली उत्तर बरिन्धरा क्लबले नकाउट फुटबलमा लामो समयपछि फर्किएको रुस्लान थ्री स्टार बीच हुदैै छ । सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको उत्तर बरिन्धराले आफना गुई अफ्रिकन खेलाडीलाई रातो कार्डमा गुमाएको छ । उता थ्री स्टारले पनि आफना अफ्रिकन खेलाडीलाई अघिल्लो दिन पोखराको मैदानमा उतार्न सकेन् । आयोजक सहारा क्लबले विदेशी खेलाडीको हकमा वर्क परमिट मागेपछि अफ्रिकन खेलाडीलाई थ्री स्टारले उतार्न नसक्दा टाइब्रेकरको सहारामा सेमिफाईनल तय गरेको थियो । आहामा दुवैको भेट भने पहिलो हुने छ ।
घरेलु क्लबको फुटबल विदेशी खेलाडीको भरमा टिकेको भान हुदैै आएको छ । लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीलाई नेपाल पुलिस क्लबले पराजित गर्दा त्यही अनुभूति हुन पुग्यो । पाहुना टोलीले आफनो डिफेन्स र एट्याकिङ डिफेन्सलाई रातो कार्डमा गुमाउँदाको पीडा पक्कै छ । तथापी नयाँ खेलाडीको जोहो गरेर मैदानमा उत्रिन सक्ने देखिन्छ । थ्री स्टारले पोखराको मैदानमा लेखिएको इतिहासलाई जोगाउनुपर्ने दायित्वसँगै इहटरी गोल्डकप जितेको अविस्मरणीय यादलाई समेत जीवन्त बनाउनुपर्ने जिम्मेवारी छ ।
अफ्रिकन खेलाडी नभएपनि थ्री स्टार लयमा छ । तरपनि मैदानमा चुनौति भने पक्कै देखिन्छ । बंगलादेशी टोली पनि आफुलाई कुनैपनि हालतमा अब्बल ठह¥याउने कोशिसमा जुटिरहेको छ । भरपर्दा खेलाडीको खोजी छ । स्कोरिङ गर्ने खेलाडीको खाँचो छ । त्यो भन्दा पनि मध्यंपक्ति सम्हाल्ने खेलाडीको अभाव टार्ने उपायको खोजीमा छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…