
एजेन्सी—यु—१९ विश्वकप क्रिकेट अन्तर्गत अहिले भारत र अष्ट्रेलिया बीच फाईनल खेल भईरहेको छ । फाईनलमा अष्ट्रेलियाले अहिले व्याटिङ गरिरहेको छ । ५ ओभरमा अष्ट्रेलियाले एक विकेटको क्षतिमा ३२ रन बनाई खेलिरहेको छ । । परेलको बलमा ब्रायन्ट १६ रनमा आउट भएका छन् . जे.एडवार्डले १६ रन बनाई क्रिजमा छन् ।
भारत यु —१९विश्वकप क्रिकेटको तीन पटकको विजेता हो । दुई पटक उपविजेतामा चिक्त बुझाएको थियो । पृथ्वी शहको नेतृत्वमा भारतीय टिमले पाकिस्तानलाई पराजित गर्दै फाईनल आएको हो । अष्ट्रेलियाले भने अफगानिस्तानलाई चुनौतिलाई पन्छाउँदै फाईनल प्रवेश गरेको हो । सन २०१६ को फाईनलमा भारत वेष्ट इण्डिजसँग पराजित भएको थियो ।
भारत र अष्ट्रेलिया बीचको फाईनलले २०१२ को फाईनल खेलको झल्को दिएको छ । छ वर्ष अघि यी दुवै टोलीले फाईनल खेलेका थिए । छ वर्ष अघिको फाईनलमा भारतले अष्ट्रेलियालाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ को सस्करणमा पनि लिगचरणको खेलमा भारतले अष्ट्रेलियालाई १०० रनले पराजित गरेको थियो । गत १४ जनवरीमा भएको खेलमा ३२८ रन बनाएको भारतले अष्ट्रेलियालाई २२८ रनमै समेटेको थियो । प्रतियोगितामा भारतीय बलर अनुकुल रायले अहिलेसम्म १२ विकेट लिईसकेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…