दि युनाईटेड गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— पोखरा क्रिकेट क्लबको आयोजनामा पर्सीदेखि शुरु हुने गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । दि युनाईटेड गोल्डमार्ट प्रालिको मुख्य प्रायोजनमा सञ्चालित गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताको उदघाटन खेल आयोजक पोखरा क्रिकेट क्लबले खबरा क्रिकेट क्बल(ग्याम्दी)सँग खेल्ने छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताको दोस्रो खेल धौलागिरी क्रिकेट क्लबले पोखराको सांग्रिला क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ । २४ गते मंगलबार पोखरा क्रिकेट एकेडेमीले अरण्यज्योति क्रिकेट क्लबसँग पहिलो खेल खेल्ने छ । त्यस्तै बुद्ध क्रिकेट क्लब म्याग्दीले राईजिङ क्रिकेट एकेडेमी पोखरासित प्रतिस्पर्धा गवर्ने छ । २५ गते समूह विजेता सेमिफाईनल खेल हुने छ । २७ गते फाईनल खेल सञ्चालन हुने पोखरा क्रिकेट क्लब आयोजक कमिटिका सदस्य चन्द्रकुमार गुरुङले जानकारी दिए ।

विजेता टीमले नगद ४० हजार साथमा नगद, शिल्ड तथा प्रमाणपत्र, उपविजेताले २० हजार सहित नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि टुर्नामेन्टलाई ७५०० बराबरको क्रिकेट किट् प्रदान गरिनेछ । बेस्ट बलर, बेस्ट ब्याट्सम्यानले जनही पाँच हजार प्राप्त गर्नेछन् । हरेक दिन म्यान अफ दि म्याचलाई समेत पुरस्कृत गरिने उनले बताए ।