म्यानचेष्टर सिटी र बर्नले बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७४ मा प्रकाशित


एजेन्सी—इंग्लिस प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले बर्नलेसँग १—१ को बराबरी खेलेको छ । २२ औं मिनेटमा लिएको अग्रतालाई सिटीले खेल सकिन आठ मिनेट बाँकी छदाँ गुमाउन पुग्यो ।

डानिलोले दायाँ खुट्टाले आउटबारको माथिल्लो भागमा हिर्काएको बलले पोष्टभित्र छिरेपछि सिटीले अग्रता लिएको थियो । उनलाई बेनार्दो सिल्भाले पास उपलब्ध गराएका थिए । २४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले पाएको फ्रिकिकलाई सदुपयोग गर्न सकेनन् । रहिम स्ट्रलिङको पासमा सर्जियो अगुईरोले दायाँ खुट्टाले हानेको प्रहार बक्सभित्र सेभ हुन पुग्यो । अगुईरोकै पासमा २९ औं मिनेटमा स्ट्रलिङले हानेको बल पनि बर्नलेका गोलकिपरले बचाउ गरे । ज्याक कोर्कले दिएको पासलाई ३१ औं मिनेटमा बेन मिले बायाँ खुट्टाले हानेको बल पनि बचाउ भयो । ३७ औं मिनेटमा पनि बेन मिले सिक्स यार्ड बक्सबाट हानेको हेडिङ बल बायाँ तर्फबाट बाहिरियो । उनलाई अवसर भने जोहान बर्ग गडमण्डसनले कर्नरबाट क्रसिङ गरेका थिए ।

३९ औं मिनेटमा सिटीका केभिन डी ब्रुनेले हानेको बल पनि बचाउ भएपछि अग्रता दोब्बर पार्ने अवसर गुम्न पुग्यो । उनलाई इके गण्दोगानले मिलाईदिएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अगुईरोको प्रहार पनि मिस हुन गयो । केभिनले दिएको पासलाई बायाँ तर्फ कठिन कोणबाट हानेको बल बारको कुनामा बचाउ गरे । खेलको ८२ औं मिनेटमा म्याथ्यु लोउटनले दिएको क्रसबललाई सदुपयोग गर्दै जोहान बर्ग गडमण्डसनले दायाँकर्नरको कुनाबाट बल जालीको सम्पर्कमा पुग्यो ।