आर्सनलका लागि पियर एमेरिकको डेब्यु, एभर्टनमाथि फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २१ गते २०७४ मा प्रकाशित


एजेन्सी —आर्सनलले हारको पीडालाई विर्सदैं एभर्टन माथि रवाफिलो जित निकालेको छ । आरोन राम्सेको ह्याट्रिकमा आर्सनलले एभर्टन माथि ५—१ गोलको फराकिलो र रवाफिलो जित निकाल्यो । उता म्यानचेष्टर युनाईटेडले पनि हर्डस फिल्डलाई २—०ले पराजित गरेको छ ।
आर्सनल पहिलो हाफमै एभर्टनमाथि हावी भएको थियो । भर्खरै मात्रै बोरिुसिया डर्टमुण्डबाट सर्वाधिक राशीमा आर्सनल भित्रिएका पियर एमेरिक अबुमायेङले पनि गोलको खाता खोल । पहिलो हाफको छैटौ मिनेटमा आरोन राम्सेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । हेनरिक मिखितार्यानको पासमा राम्सेले गोल गरेका थिए । दोस्रो गोल भने १४ औं मिनेटमा लाउरेण्ट कोसाईनले सख्दोरान मुस्ताफीको कर्नरबललाई हेडिङ गर्दै गोल गरेपछि आर्सनलले अन्तरलाई दोब्बर बनायो । १९ औं मिनेटमा आरोन राम्सेले व्यक्तिगत दोस्रो गोल थपे ।
एलेक्स आईओबीको पासमा गोल गरे । ३७ औं मिनेटमा अबुमायेङले पहिलो हाफको अन्तिम गोल गर्दै आर्सनलको पहिलो हाफमै ४—०ले अगाडि रह्यो । ६४ औं मिनेटमा डिमिक कार्भेटले एभर्टनको लागि गोल गर्दै सहानुभूति जोडे । आर्सनलको लागि अन्तिम गोल भने हेनरिक मिखातार्यनको पासमा आरोन राम्सेले ह्याट्रिक पुरा गरेका थिए ।