
पोखरा(खेलाडी न्युज)— क्रिजमा जमिरहेका सिजी विलियम्सलाई लेग स्पीनर सन्दीप लामिछानेले एलबी डब्लुको धरापमा पारेपछि नामिवियाको मध्य व्याट्सम्यानहरु बीचको समन्वयलाई ध्वस्त बनाए । ४१ रनमा खेलिरहेको उनलाई सन्दीपले एलबी डब्लुको शिकार बनाएपछि नामिवियाको महत्वपूर्ण विकेट लिन सफल भए । लामिछानेले एसएफ बर्गरलाई पनि शून्य रनमै पवेलियन फर्काउन एलबी डब्लुकै शिकार बनाई छाडे । कप्तान पारस खड्काले पनि एमजी एरामसलाई शून्य रनमै बोल्ड गरे । एसजे बार्ड भने सोमपाल कामीको बलमा १८ रन बनाई क्रिमा रहदाँ दिलिप नाथको हातबाट क्याच हुदैै पवेलियनको बाटो तर्फ पाईला बढाए । सन्दीप लामिछानेले चार विकेट लिए । सोमपाल कामीको भागमा तीन विकेट रह्यो । शरद भेषवाकर, बसन्त रेग्मी र पारस खड्काले समेत एक एक विकेट लिए । टस हारेर व्याटिङमा उत्रिएको नामिवियाले नेपाललाई १३८ रनको लक्ष्य प्रस्तुत ग¥यो । विलियम्सले ४१ रन बनाए । जेडइ ग्रिन र जेएन फ्रायलिंकले २२ रन बनाए । एलपी भान डेर वेष्थुआईजेन र बीएम स्कल्चले १—१ रन मात्रै बनाए ।
जवाफी व्याटिङमा उत्रिएको नेपालले चार बलबाँकी छदाँ लक्ष्य पुरा ग¥यो । शुरुदेखि नै धर्मराउन थालेको व्याटिङलाई स्पीनर बसन्त रेग्मीले जितसम्म डोहो¥याए । दिलिप नाथलाई शून्य रनमै आउट भएपछि दबावमा रहेको नेपालको इनिङ पारस खड्काले सम्हाल्न खोजे । यद्यपी उनी व्यक्तिगत १९ रनमा पवेलियन फर्किएपछि १३ ओभरको खेल चलिरहँदा नेपाल दुई विकेट गुमाउन पुग्यो । पारसलाई विलियम्सले बोल्ड गरे । स्मीथको बलमा दिलिप भने विकेट किपरको हातबाट क्याचआउट भए । आरिफ शेख पनि छ बल खेल्दै शून्य रनमै आउट हुदाँ थप दवावमा झेल्न पुग्यो । नेपाली व्याटिङ लाईन फेरी एकपटक धर्मराउन पुग्यो ।
ज्ञानेन्द्र मल्ल पनि १५ रनमै आउटछ भए । उनी पनि क्याच आउट भएपछि नेपाली टोली २० ओभरमै पाँच विकेट गुमायो । स्कल्चको बलमा विकेटकिपर लाउरेन्सले दिपेन्द्रसिंह ऐरीलाई क्याच गरेपछि ६ रनमै पवेलियन फर्किए । करण केसी पनि तीन रन बनाउँदा एलबी डब्लुको शिकार भए । उनलाई पनि स्कल्चले पवेलियनको बाटो देखाए । रोहितकुमार पौडेलसँग साझेदारी निभाईरहेको अवस्थमा शरद भेषवाकर पनि व्यक्तिगत २९ रनमा आउट भए । अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका रोहितले पनि १७ रनमा स्कल्चको बलमा आउट भए । नेपाल १११ रन आठ विकेटको क्षतिको अवस्थामा छ । ४३ ओभर सकिदाँ पानी प¥यो । फेरी शुरुभएको खेलमा सोमपाल कामी पनि १३ रनमा आउट हुन पुगे । बसन्त रेग्मीले उत्कृष्ठ व्याटिङ गरेपछि नामिवियामाथी आईसिसी विश्व क्रिकेट लिग डिभजिन २ मा नेपालले १ विकेटको जित हासिल गर्दै इतिहास दोहो¥याएको छ । चार बल बाँकी छदाँ रेग्मीले फ्रायलिकको बलमा एक रन लिदैं जित निकाले । रेग्मी २४ रनमा अटआउट रहे । म्यान अफ दि म्याच सन्दीप लामिछाने भए । नेपाल र नामिविया बीच यो छ्टौं भेट हो । नेपाल चार जित र दुई हार व्यहोरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…