लिग डिभिजन—३ मा ओमानलाई हराएको नेपालको भेट फेरी डिभिजन २ मा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज नेपालले ओमानसित खेल्दै छ । नामिवियलाई चार बल बाँकी हुँदा रोमाञ्चक एक विकेटले जित निकाल्दै उत्साहित बनेको नेपाली टोली बलिङकै भरमा टिक्दै आएको छ । नेपाली व्याट्सम्यानको व्याटिङबाट रन ननिस्कदाँ नेपाली टोलीलाई जित्न निकै सकस हुने गरेको छ । जुन यथार्थ तथ्य हिजो नामिवियासितको खेलमा प्रष्ट देखियो । बलरले नामिवियालाई सस्तैमा आउट गरेपछि सामान्य लक्ष्य पछ्याउन नेपाली टोलीलाई निकै कसरत गर्नुपरेको थियो ।

नेपालले ओमानसित लिग डिभिजन २ मा पहिलो भेट हुने छ । यद्यपी नेपालले ओमानलाई लिग डिभिजन ३ मा पराजित गरेको छ । २०१३ मा सम्पन्न खेलमा नेपालले दिएएको १६० रनको लक्ष्य पछ्याएको ओमान केवल १३२ रनमै आउट हुदैै २८ रनले जितेको थियो । ज्ञानेन्द्र मल्ल म्यान अफ दि म्याच घोषित भएका थिए । लिग डिभिजन खेल्नु अघि नेपालले ओमानसित तीन खेल खेलिसकेको छ । त्यसमा दुई हार नेपालले व्यहोरिसकेको छ । एक खेल मात्रै नेपालले जितेको छ । विगतको खेललाई नियाल्दा नेपालले ओमानसँग झिनो रनको स्कोर मात्रै बनाएको छ । ओमानसँग नेपालले २००७ मा पहिलो खेल खेलेको छ । एसिसी टी—२० ट्रफीमा नेपाल केवल १० रनले जित निकालेको थियो । । ओमानलाई १३९ रनमै समेट्यो । आठ विकेटको क्षतिमा नेपालले १४९ रन बनाएको थियो । पारस खड्का र राहुल विकले ३—३ विकेट लिएका थिए । मेहबुव आलमले दुई विकेट लिएका थिए ।

ओमानसितको नेपालको दोस्रो खेल भने २००९ मै एसिसी ट्रफीको प्रतिस्पर्धामा हुन पुग्यो । त्यो खेलमा नेपाल १२ रनले पराजित हुन पुग्यो । ओमानले ११२ रन बनाई आउट हुदाँ नेपाल भने केवल १०० रनमै समेटियो । दिपेन्द चौधरीले तीन र शक्ति गौचनले दुई विकेट लिएका थिए । यद्यपी त्यस खेलमा पनि नेपाली व्याट्सम्यानबाट उत्कृष्ठ प्रदर्शन भने देख्नै सकिएन् । त्यसको दुई वर्षपछि एसिसी ट्रफी २०११ मा पनि नेपाल ओमानसँग २ रनले पराजित हुदैं फर्किएको छ । नेपाली बलरले ओमानलाई सस्तैमा समेट्ने क्रममा १०१ रनमा आउट गरे । मेहबुव आलमले चार विकेट लिन सफल भएका थिए । झिनो स्कोरलाई समेत नेपालले पछ्याउन सकेन् । केवल ९९ रनमै खुम्चियो । डिभिजन टुबाट माथि उक्लिन नेपालले जित्न जरुरी छ । यद्यपी बलिङ भरमा टिक्नुपर्ने बाध्यता अन्त्य हुनुपर्छ । व्याटिङ पनि उत्कृष्ठ देखिन जरुरी छ । ओमानलाई १५० रन भन्दा माथिको स्कोर बनाउन भने नेपालले अझसम्म दिएको छैन् । तर जति बढी रन बन्यो उति नै नेपाललाई जित निकाल्न कठिन हुन्छ । भारतमा हुने एशियाकप खेल्न योग्य बन्नुपर्ने छ । त्यसको लागि व्याटिङ सुधार्नुपर्ने बाध्यता नेपाल सामु छ ।— तस्वीर फाईल