कप्तान पारसको अर्धशतक, युएईमाथि चार विकेटको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—आईसिसी क्रिकेटको तीन सस्करणमा युएईसँग पराजित भएको नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को भेटमा भने नेपालले चार विकेटले पराजित गर्दै डिभिजन १ मा उक्लिने सम्भावनालाई प्रबल बनाएको छ । दुई खेलमा खासै जम्न नसकेका कप्तान पारस खड्काको ५१ रनको प्रेरणामा पानीले मैदान भिजेपछि ढिलो गरी ओभर घटाइएको खेलमा नेपालले युएईले दिएको लक्ष्यलाई छ विकेटको क्षतिमा २८ ओभर ५ बलमा पुरा ग¥यो । कप्तान खड्काले पाँच छक्का र दुई चौका हिर्काउदाँ केवल ४८ बल खेले । खड्का अमिर हायातको बलमा अहेमद राजाको हातबाट क्याच भए । नेपाली खेलाडीले प्रतियोगितामा पुरा गरेको यो पहिलो अर्धशतक हो ।

ओपनर ज्ञानेन्द्र मल्ललाई साथ दिएका विकेटकिपर दिलिपनाथ भने मोहह्मद नाभेदको बलमा रामेद साहजादबाट क्याचआउट भए । उनले व्यक्तिगत दुई रन मात्रै बनाए । नौ रन मात्रै खातामा रहदाँ नाथलाई गुमाएपछि कप्तान पारस खड्का क्रिजमा आए । अमिर हायातको बलमा ओपनर मल्ल व्यक्तिगत ५ रनमा आउट भए । नेपाली ओपनिङ व्याट्सम्यान फेरी एकपटक रनबाट चुकेका छन् । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमायो । ऐरी १३ बल खेल्दै ४ रन बनाउँदा मोहम्मद नाभेदको बलमा आउट भए । अघिल्ला दुई खेलमा नेपाली टोलीका लागि सर्वाधिक रन जोडेका शरद भेषवाकर भने युएईका बलरसँग निकै कमजोर देखिए । भेषवाकर व्यक्तिगत ३ रनमा आउट भए । उनलाई रोहन मुस्तफाले एलबी डब्लुको धरापमा पारे । भेषवाकरपछि आरिफ शेख क्रिज तर्फ बढे । पारस खड्का आउट भएपछि रोहितकुमार पौडेल क्रिजमा आए । पौडेलले आरिफ शेखसँग साझेदारी राम्रो गर्ने संकेत देखाएपनि अहेमद राजाले एलबी डब्लुको शिकार भए । शेख १६ रन बनाए । पौडेलले १२ रन बनाउँदै नटआउट रहे । पौडेललाई साथ दिदैं सोमपाल कामीले एक छक्कासहित १० रनमा नटआउट रहे । सोमपालले ५ बलमा १० रन जोडेका थिए ।

पानीले प्रभावित बनाएको खेलमा युएईले नेपाललाई ११५ रनको चुनौति दिएको थियो । ३४ ओभरमा छोट्टाइएएको खेलमा नेपालले टस जित्दै बलिङ गर्ने निधो ग¥यो । व्याटिङको लागि क्रिजमा उत्रिएको युएईले साईमन अन्वारको ३० रनको योगदानमा ११५ रनको लक्ष्य तयार गरेको थियो । अदन मुफ्तीले १८ रन जोडे । गुलाम शाब्बरले १६, मोहम्मद बोटाले १५ रन बनाइ पवेलियन फर्किए । युएई ३१ ओभर खेल्दै ११४ रनमा अलआउट हुन पुग्यो । नेपाल बलर हावी हुने क्रममा सन्दीप लामिछानेले ७ ओभरमा एक मेडन राख्दै तीन विकेट लिए । त्यसैगरी सोमपाल कामीले पनि सात ओभरमै ४ विकेट लिदाँ ३० रन खर्चिइ । कप्तान पारस खड्काले भने दुई विकेट लिए ।