
एजेन्सी—पहिलो हाफसम्म गोलरहित रोकेको गेटाफेले बार्सिलोनासँग अन्तत गोलले पराजित भएको छ । आईतबार राती भएको खेलमा पहिलो हाफमा निकै उत्कृष्ठ प्रदर्शन गरेको बार्सिलोनामाथि आक्रमणको राम्रो अवसर भने गेटाफे जुरायो । तर प्रयासलाई गोलमा परिणत गर्न भने गेटाफे सकेन् । गेटाफेका फ्रान्सिस्को पोर्टिलोले दिएको पासमा ३७ औं मिनेटमा डिजेन डाकोनामले हानेको हेडिङ दायाँ कर्नरबाट बाहिरियो ।
दोस्रो हाफमा बार्सिलोनाले गेटाफेलाई केही दवावमा राख्यो । एकपछि अर्को अवसर सृजना गर्ने तर्फ जुटेको बार्सिलोनाले प्रयासलाई सार्थक बनाउन सकेको छैन् । ५६ औं मिनेटमा लुईस स्वारेजले पाको एल्कासेरको थ्रो बललाई डिबक्स नजिकैबाट हानेपनि गोल भने हुन सकेन् । त्यसभन्दा अघि ५५ गेटाफेले पनि सुनौलो अवसरलाई गुमायो । डिजेने डाकोनामले भिटोरिनो एन्टुनेसको क्रसपासलाई हेडिङ बायाँ कर्नरबाट बाहिरिएको थियो । ५८ औं मिनेटमा फिलिप कान्टिन्होले हानेको बल पनि बारको बायाँ तर्फ बचाउ भएको थियो । इभान रकीटिचले पास मिलाईदिएका थिए । खेलको ८० औं मिनेटमा लियोनेल मेस्सीको आउटसाईड बक्सबाट हानेको प्रहार बारको कुनामा बचाउ भयो । लुईस स्वारेजले खेलको इन्जुरी समयमा ओसामाने डिम्बेलेले दिएको पासमा हानेको हेडिङ पोष्टको मध्यमागमा गोलकिपरले बचाउ गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…