
पोखरा(खेलाडी न्युज)—आईपिएलको तयारीमा रहेको नेपाली बलर सन्दीप लामिछाने यतिबेला उत्कृष्ठ फर्ममा छन् । आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा चार खेलमा उनले १४ विकेट लिदैं आफनो बलिङ छवि देखाईसकेको छ । दिल्ली डेयर डेभिल्सबाट भारतीय प्रिमियर लिग(आईपिएल) खेल्ने तयारीमा रहेको उनले लिग डिभिजनमा जादुमयी बलिङलाई कायमै राखेका छन् ।
चार खेलमा उनले २१२ बल (३५.२ ओभर) फ्याँके । ८७ रन दिए । ८ मेडन राखे । १४ विकेट लिए । उनले प्रतिओभर २.४७१ को औसातले रन दिएका छन् । २० लाख भारुमा दिल्ली डेयर डेभिल्सले लियो । आईपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका सन्दीपको खेललाई भने दिल्लीले नजिकैबाट नियालिरहेको छ । अदभूत प्रदर्शन भन्दै सन्दीपको चर्चा समेत गरिसकेको छ ।
सन्दीपले नामिविया विरुद्धको खेलमा ८ ओभर २ बल फ्याँक्दै २ मेडन राखे । केवल १८ रन दिदैं ४ विकेट लिए । त्यस खेलमा सन्दीपको औसत रन २.१९५ रह्यो । जुन खेलमा नेपालले जितको लागि उनी निर्णायक बने । म्यान अफ दि म्याचको हकदार समेत भए । दोस्रो खेल नेपालले ओमान विरुद्ध खेल्यो । ओमान विरुद्ध सन्दीपले दश ओभर बलिङ गरे । २९ रन खर्चिए । हातमा केवल २ विकेट मात्रै प¥यो । उनले दुई विकेट लिएको खेलमा नेपाल भने ४ विकेटले पराजित भएको थियो ।
तेस्रो खेल नेपालले युएईसित खेल्यो । पानीले ढिलो गरी शुरु भएको खेल केवल ३४ ओभरमा खेलाईएको थियो । सन्दीपले ७ ओभर बलिङको मौका पाए । १ मेडन राखे । ३० रन दिदैं ३ विकेट लिन सफल भए । तर उनको सबैभन्दा उत्कृष्ठ प्रदर्शन भने केन्या विरुद्ध रह्यो । १० ओभर बलिङ गर्दा ५ मेडन नै राखे । महत्वपूर्ण विकेट लिने क्रममा उनले ५ विकेट लिए । रन भने उनले २० मात्रै दिए । लिग डिभिजन २ मा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…