च्याम्पियन्स लिग, उत्कृष्ठताको भिडन्तमा पिएसजी र रियल मड्रिड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १ गते २०७४ मा प्रकाशित


एजेन्सी—बुधबार भ्यालेन्टाईन डे । सबैलाई प्रेमिल दिवस मनाउने धुनमा छन् । तर फुटबल प्रेमी भने बर्नबेउ स्टेडियममा पुग्ने छन् । भ्यालेन्टाईन डे मनाएर बिहीबार राती च्याम्पियन्स लिगको प्रतिष्ठित खेल स्पेनिस जायन्ट रियल मड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनलाई स्वागत गर्दै छ । क्र्वाटरफाईनल प्रवेशको लागि पहिलो लगेको भिडन्त भने रियलको मैदानमा हुने छ भने दोस्रो लेग भने पिएसजीको मैदानमा रियल खेल्न जाने छ ।

रियल र पिएसजीको खेलले सबैको ध्यान खिचिएको छ । प्रसिद्ध मात्रै नभई सर्वाधिक महंगा खेलाडीको रुपमा रहेको नेयमार फेरी एकपटक बर्नबेउ आउँदै छन् । उनीसँगै एन्जिल डी मारिया, काभानी र एम्बाप्पेको जोडी पिएसजीको जर्सीमा उत्रिने छन् । यता स्पेनिस ला लिगामा खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले आफनो आलोचकको मुख बन्द गर्न तर्फ उद्दत देखिने छ । रोनाल्डो, गारेथ बेल, करिमा बेन्जिमा, इस्को मात्रै नभई कप्तान सर्जिया रामोस पनि च्याम्पियन्स लिगमा जित्दै खराब लयबाट मुक्त हुने प्रयत्नमा छन् ।

त्यसो त नेयमार रियल मड्रिड आउने चर्चा चलिरहेकै छ । कमजोर प्रतिस्पर्धीसँग स्तरीय खेल देखाउन नसकिएको अभिव्यक्ति केही अघि दिएका नेयमारले रियल मड्रिडसँगको प्रतिस्पर्धाले बास्तविक छवि प्रष्टिने छ । त्यसमा उनी आत्मविश्वासी समेत देखिएका छन् । त्यतिमात्रै नभई प्रत्येक खेलमा उनको नाममा ब्राजिलसँगै जोडिएर आउने गरेको छ । किन कि ब्राजिलले विश्वकप जित्ने टोलीको रुपमा आम दर्शकले हेर्ने गरेका छन् । उनको गतिविधिलाई बास्तविक खेलबाट ब्राजिलको ध्यान केन्द्रीत गर्न बढी हुन्छ ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पिएसजी उत्कृष्ठ टोली भएको स्वीकार्दै यो खेल आफनो भविष्यसँग समेत जोडिएको प्रतिक्रिया दिएका छन् । ‘पिएसजी निकै लयमा छ । उत्कृष्ठ टिम हो ।’ उनले भने—‘रियल मड्रिडसँग इतिहास र परम्परा छ । त्यसैले खेलमा उत्कृष्ठ प्रदर्शनको विकल्प पनि छैन् ।’ रियल मड्रिडले घरमै च्याम्पियन्स लिग खेल्दै छ । उता पिएसजीका प्रवन्धक युव एमिरीले खेल निकै महत्वपूर्ण रहेको बताएका छन् । पिएसजीका निर्देशक एन्टरो हेनरिकले नेयारमाथि निकै दवाव रहेको उल्लखे गरे । उनले नेयमारलाई स्पेनमा लैजानको लागि हरबखत गरिएको प्रयासले उनीमाथि दबाव परेको बताए ।

पिएसजीका स्ट्राइकर एन्जिल डि मारियाले पनि च्याम्पियन्स लिग खेल्न पाउनु नै भाग्यमानी भएको भन्दै खेलाडीहरुमा विश्वास, एकाग्र र प्रेरणासहितको हौसला प्रदान गर्न जरुरी रहेको बताए । नेयमारले पनि रियल मड्रिड जाने सधैं हल्ला चलाईरहेको भन्दै च्याम्पियन्स लिगमै आफनो ध्यान केन्द्रीत रहेको बताए ।