
एजेन्सी—लण्डने टोली टोटनह्याम हट्सपर सात वर्षपछि फेरी इटाली जाँदै छ । तर फरक टोलीसँग च्याम्पियन्स लिग खेल्न । टोटनह्यामले सात वर्षअघि च्याम्पियन्स लिग इटालियन क्लब एसी मिलानसँग खेलेको थियो । तर अहिले इटालियन क्लब युभेन्ट्ससँग खेल्ने छ । अवे खेलमा टोटनह्यामले खेल्दै दोस्रो लेगमा भने युभेन्ट्सलाई लण्डन बोलाउने छ ।
सात वर्ष अघि टोटनह्यामले एसी मिलानलाई पराजित गरेको इतिहास दोहो¥याउने लक्ष्य छ । पिटर क्रचको निर्णायक गोलमा एसी मिलान माथि अवे जित निकालेको टोटनह्यामले सात वर्षपछि फेरी उस्तै नजिता आत्मसात गर्ने लक्ष्यमा छ । त्यतिबेला गारेथ बेल, राफेल वान डेर, वार्टर र लुका मोररिक टोटनह्यामका हस्ती थिए । तर अहिले कुनैपनि खेलाडी छैनन् । तर उत्कृष्ठ लयमा देखिएका ह्यारी केनको प्रेरणादायी गोलमा प्रिमियर लिगमा अहिले आफनो लय समाईरहेको छ । केही दिन अघि मात्रै आर्सनललाई पराजित गरेको टोटनह्याम निकै आत्मविश्वासी देखिएको छ । बुधबार राती हुने च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेशको लागि निकै महत्वपूर्ण मानिएको छ ।
दुई पटकको च्याम्पियन लिग विजेता युभेण्ट्स भने टोटनह्यामलाई स्वागत गर्न आतुर छ । टोटनह्यामले एपोल, बोरुसिय डर्टमुण्ड र रियल मड्रिडसँग खेल्दै समूह विजेता बन्दै अन्तिम १६ मा आईपुगेको हो । युभेन्ट्स भने बार्सिलोना, स्पोर्टिङ सिपी, ओलपिम्याकससँग खेल्दै समूह उपविजेता हुदैं अन्तिम १६ मा स्थान बनाएको हो । टोटनह्यामका केन, एरिक्सन, सन ह्योङ मिन र डेल एलीको आक्रमण रोक्न युभेन्ट्सका गोलरक्षक बुफेनलाई चुनौति हुने छ । हिगुईन, मेन्जुकिच, युभेन्ट्सको इज्जत जोगाउन आफनो भूमिका निभाउने छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…