क्यानडासँगको खेल नेपाललाई गर या मरको स्थिति

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १ गते २०७४ मा प्रकाशित


एजेन्सी—नेपालले टेष्ट मान्यता प्राप्त देशसँग एशिया कप खेल्ने सपनालाई साकार पार्न भोलि क्यानडालाई पराजित गर्नुपर्ने छ । अंक तालिकामा तेस्रो स्थानमा रहेको नेपालले भोलि दिउँसो क्यानडालाई पराजित गर्न सके क्वालिफायर हुने छ । अन्त्यथा नेपाल यथास्थितिमा हुने छ ।

नामिवियाले आज केन्यालाई ८ विकेटले पराजित गरेपछि नेपाललाई जित्नै पर्ने दवाव छ । रन रेटको अवस्थामा नेपाल नामिविया भन्दा पछाडि छ । नेपालको नेटरनरेट नकारात्मक छ भने नामिविया सकारात्मक अवस्थामा छ । ०.७८७ को अवस्थामा नामिविया रहेको छ भने नेपाल —०.१५८को अवस्थामा छ । यसले पनि हेड टु हेडको आधारमा नेपालले जित्नै पर्ने देखिन्छ । क्यानडा अहिले शीर्ष स्थानमा छ । नेपाल, क्यानडा र नामिवियाको समान ६—६ अंक छ । तर रनरेटको आधारमा मात्रै नेपाल पछाडि परेको छ ।

नेपालले चार खेलमा तीन खेल जितेको छ । फराकिलो हार र साँघुरो जितले नेटरनरेटको अवस्थामा पनि कमजोर छ । फेरी एकपटक अर्काको खेलको भरमा क्वालिफाईङ हुदैं विश्वकप खेल्ने सपना साँचेको नेपालले शीर्ष स्थानको क्यानडालाई राम्रो रनरेटको आधारमा पराजित गर्नुपर्ने देखिन्छ । व्याटिङ लाईनअप निकै कमजोर छ । सधैं बलिङको भरका विपक्षीलाई सस्तैमा आउट गर्दै झिनो लक्ष्य पछ्याउन लालायितको अवस्थामा अन्त्य गर्नपनि व्याटबाट रन बन्न जरुरी छ ।

ओपनर ज्ञानेन्द्र मल्लले प्रतियोगितामा २० रन समेत बनाउन सकेका छैनन् । शरद भेषवाकरले पनि ३० रन भन्दा बढी जोड्न सकेको अवस्था छैन् । कप्तान पारस खड्काले अर्ध शतक पुरा गर्दै कप्तान जिम्मेवारी निभाएका छन् । आरिफ शेख र रोहितकुमार पौडेलले केन्यासितको खेलमा झैं साझेदारी गर्नुपर्ने खाँचो छ । नेपाली व्याट्सम्यानको कमजोरी नै साझेदारी नहुनु अर्को विडम्बना हो । ओपनरले १० ओभर भन्दा बढी खेल्दै रन निकाल्न सकेको अवस्थामा नेपालले लक्ष्य पछ्याउन र ठूलो रनको योगफल तयार पार्न अन्य व्याट्सम्यानलाई दबाव पर्दैन् । तर सस्तैमा आउट हुदाँ दबावमा खेल्नुपर्दा तनाव बढी हुन्छ । त्यसले छिटो छिटो विकेट खस्ने सम्भावना बढी हुन्छ । नेपालले त्यो विषयमा गम्भीर हुनुपर्छ । हुन त सोमपाल कामीले दशौं नम्बरमा व्याटिङ गर्दै ४८ रन बनाएको इतिहास पनि नभएको होईन् । तर पुराना खेलाडीको अनुभव र भाग्यकै भरमा नेपालले क्यानडासँग खेल्दै जित निकाल्ने एकमात्र उद्देश्य राखेर खेल्नुपर्छ ।