
पोखरा (खेलाडी न्युज)—एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस प्रालिले पोखरामा पाँचदिनपछि कलेसस्तरीय क्रिकेट प्रतियोगिता गर्दै छ । दुई संस्करण काठमाडौंमा सम्पन्न गरिसकेको प्रालिले तेस्रो सस्करण भने पोखराबाट शुरु गर्दै छ । प्रतियोगिता फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने छ ।
टी—२० प्रतियोगितामा पोखराका १२ कलेजले सहभागिता जनाउने विश्वास आयोजकले लिएका छन् । पोखरामा हुने लिगकम नकाउटमा खेलाईने प्रतियोगितालाई उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ(हिसान) तथा राष्ट्रिय खेलकुद परिषदले समन्वय गरेको छ । फागुनको १६ गतेसम्म सञ्चालित हुने प्रतियोगितामा विजेताले क्रिकेट सामाग्री(ड्युज क्रिकेट व्याट) प्रदान गरिने छ । उपविजेतालाई पनि क्रिकेट सामान दिईने बुधबार आयोजित पत्रकार सम्मेलनमा पोखरास्थित एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेस प्रालिका निर्देशक रमेशकुमार थापाले बताए ।
पोखरामा हिसानमा आवद्ध ६० कलेज छन् । पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रामजी शर्माले अध्ययनसँग विद्यार्थीलाई अतिरिक्त क्रियाकलापको रुपमा क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सबै कलेजलाई आग्रह समेत गरे । उनले क्रिकेट प्रतियोगितालाई हिसानले सहयोगी भूमिका समेत खेल्ने स्पष्ट पारे । प्रतियोगितामा उत्कृष्ठ खेलाडी, उत्कृष्ठ व्याट्सम्यान, उत्कृष्ठ बलर लगायतलाई समेत पुरस्कृत गरिने छ । सहभागि कलेजलाई आयोजकले जर्सी सेट उपलब्ध गराउने प्रतियोगिता संयोजक विधान श्रेष्ठले बताए । प्रतियोगिता पोखराबाट शुरु भई चितवन, धनगढी, भैरहवा, काठमाडौं, विर्तामोड, दाङ, इटहरी, नेपालगन्ज शहरमा खेलाइने आयोजकले जनाएको छ । विजेता कलेजले कलेजस्तरीय च्याम्पियन्स लिग खेल्ने छन् । एक्सपर्टले पोखरामा गतवर्ष विद्यालयस्तरीय टी—२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…