
पोखरा(खेलाडी न्युज)— नेपालले आज क्यानडासँग आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को अन्तिम खेल खेल्दै छ । जुन दुवै देशका लागि निर्णायक खेल हो । जित्नेले डिभिजन १ मा उक्लिदैं विश्वकप क्वालिफाईङ खेलको लागि छनोट हुने छ । पराजित टोली भने अर्काको नजिताको भरमा डिभिजन झर्ने सम्भावना छ ।
बुधबार नेपालले टस जित्दै बलिङ गर्ने निधो ग¥यो । क्यानडाले इनिङ टुग्याउँदै नेपाललाई १९५ रनको चुनौति दिएको छ । ओपनर एस ए वाजिरान्टेले उत्कृष्ठ इनिङ खेल्दै १०३ रन नटआउट रहे । आर गुनासेकेरा बसन्त रेग्मीको बलमा केवल ९ रनमा आउट भएपछि दवावमा आएको क्यानडाले एनआर कुमार ५ रन, डिएन पाथिरानाले २, एनएस धलिवालले ४ रनमा आउट भए । सन्दीप लामिछानेले कुमार र पाथिरानालाई आउट गरेका हुन् । रेग्मीले धलिवाल र गुनासेकेरालाई आउट गरेका हुन् । पाँचौ विकेटको लागि ओपनर वाजिरान्टे र हाज्मा तारिकले ३८ रनको साझेदारी गरे ।
हाज्माले व्यक्तिगत २४ रन बनाई आउट भए । करण केसीले उनको विकेट लिन सफल भए । भेषवाकरले पनि साद विन जाफरलाई एलबी डब्लुको शिकार बनाए । बसन्त रेग्मीले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा डी हेलिगरलाई शून्य रनमै पवेलियन पठाए । एसएस डिन्ड्साले १८ रन नटआउट खेले । नेपालले आजको खेल कुनैपनि अवस्थामा जित्नुपर्छ । बलिङसँगै व्याटिङ पनि उत्कृष्ठ देखिनुपछ । क्यानडाको ओपनर झै उत्कृष्ठ शुरुवात गर्नुको विकल्प समेत छैन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…