टोटनह्यामले युभेन्ट्ससँग बराबरी खेल्यो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७४ मा प्रकाशित


Champions League - Juventus vs Tottenham Hotspur -

एजेन्सी—टोटनह्याम हट्सपरले इटालियन क्लब युभेन्ट्सँग घरेलु मैदानमा बराबरी खेलेको छ । अवे खेलमा टोटनह्यामल े युभेन्ट्सँग २—२ बराबरीमा खेल्दै पहिलो लेग टुग्यायो । उत्कृष्ठ कमव्याक गर्दै हारबाट जोगिएको टोटनह्यामले आधा घण्टापछि खेलमा फर्कियो । घरेलु मैदानमा गोन्जाले हिगुईनको गोल गर्दै दिलाएको अग्रता युभेन्ट्सले अन्तिम समयसम्म जोगाउनै सकेन् । खेलको दोस्रो मिनेटमै अनमार्क बसेका मिरालेम पजानिचले मिलाईदिएको पासलाई हिगुईनले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

अग्रता लिएको युभेन्ट्स ९ औं मिनेटमा पेनाल्टी पायो । बेन डेभिसले फउल हिर्काएपछि पहेलो कार्ड पाउँदै युभेन्ट्सलाई पेनाल्टीको अवसर दिईयो । फेडरिको बर्नाडेस्चीलाई फउल डिबक्सभित्र फउल हिर्काए । पाएको पनोल्टीलाई हिगुईनले गोल गर्दै पाहुना टोलीलाई दशमिनेट भित्रै २—० को अग्रता दिदैं दबावमा राख्यो । ३५ औं मिनेटमा टोटनह्याम भने खेलमा फर्कियो । ह्यारी केनले टोटनह्यामको लागि गोल गर्दै आत्मविश्वास जगाए । डेले अलीले दिएको थ्रो बललाई केनलाई बायाँ खुट्टाले हानेको बल पोष्टको बायाँ छेउबाट बल भित्र छि¥यो ।

७१ औं मिनेटमा क्रिष्टियन एरिकसनले टोटनह्यामको लागि बराबरी गोल गरे । फ्रिकिकलाई सदुपयोग गर्ने क्रममा एरिकसनले दायाँ खुट्टाले हानेको सट बारको तल्लो भागको छेउबाट जालीको सम्पर्कमा पुगेपछि आतित्थ्ता गरेको टोटनह्यामले कम ब्याक ग¥यो । टोटनह्याम सातवर्षपछि इटाली पुगेको थियो थियो । सात वर्ष अघि टोटनह्यामले एसी मिलानलाई पराजित गरेको थियो । सात वर्ष अघि टोटनह्यामले एसी मिलानलाई पराजित गरेको इतिहास दोहो¥याउने लक्ष्य छ । पिटर क्रचको निर्णायक गोलमा एसी मिलान माथि अवे जित निकालेको थियो ।

अब टोटनह्यामले दोस्रो लेगमा भने दुई पटकको च्याम्पियन युभेन्ट्सलाई लण्डन बोलाउने छ । टोटनह्यामले एपोल, बोरुसिय डर्टमुण्ड र रियल मड्रिडसँग खेल्दै समूह विजेता बन्दै अन्तिम १६ मा आईपुगेको हो । युभेन्ट्स भने बार्सिलोना, स्पोर्टिङ सिपी, ओलपिम्याकससँग खेल्दै समूह उपविजेता हुदैं अन्तिम १६ मा स्थान बनाएको हो ।