सनसनीपूर्ण जितसँगै नेपाल विश्वकप छनोटमा, करण नायक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—नेपालले अर्को महिना जिम्बावेमा हुने विश्वकप क्वालिफायर खेल्ने छ । लामो समयको मेहनतपछि नेपालले त्यो सपनालाई पुरा ग¥यो । सपनालाई नवौ नम्बरमा गएका करण केसीले पुरा गरिछाडे । नेपालले आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा सबैभन्दा फराकिलो लक्ष्यलाई अन्तिम बलमा पुरा ग¥यो । नवौ विकेटको रुपमा मैदान छिरेका करण केसी नायक बने । उनले नटआउट ४२ रन हिर्काउँदै जितको लक्ष्य पुरा गरिदिए । उनलाई सन्दीप लामिछानेले अन्तिमसम्म साथ दिए । करणले ३१ बलमा ३ चौका र ४ छक्का हिर्कए । अन्तिम ओभरमा जितको लागि आठ रनको खाँचो थियो । चार बल डट खेले । पाँचौ बलमा करणले छक्का हिर्काए । छैटौं बल वाईड पायो । एक बलमा एक रनको आवश्यक थियो । अन्तिम बलमा रन लिदैं क्यानडाले दिएको १९५ रनको लक्ष्यलई १ विकेट बाँकी रहदाँ पुरा ग¥यो ।

क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको थियो । कुनै समय नेपालले जित्ने सम्भावना देखाईरहँदा पानी प¥यो । पानी रोकिएपछि शुरु भएको खेलमा नेपालको विकेट एकपछि अर्को गर्दै झ¥यो । तर नवौ विकेटमा आएका करणको सानदार पारीले बढेको नेपालीको ढुकढुकीलाई भने शान्त पारे । फेरी एकपटक नेपाली ओपनर उत्कृष्ठ साझेदारी गर्नबाट चुके । ओपनर ज्ञानेन्द्र मल्ल केवल ९ रनमै पवेलियनको फर्किदाँ खातामा २२ रन थियो । एक छक्का हिर्काउँदै रन रेट माथि उकास्न प्रेरित गरिरहँदा मल्ल पर्भेजको बलमा कुमारबाट क्याच आउट भए । पारस खड्का पनि पर्भेजकै बलमा डक आउट भए । गुनसेकेराले उनलाई क्याच गरे । यसले नेपाली व्याट्सम्यानलाई निकै दबाव हुन पुग्यो । दिलिप नाथ र दिपेन्द्र सिंह ऐरीले तेस्रो विकेटको लागि ५० रनको साझेदारी गरे । दिलिप व्यक्तिगत ४१ रनमा आउट भए । पर्भेजले नै दिलिपको विकेट लिए । उनले नेपाली ओपनरद्वय तथा कप्तान पारस खड्काको विकेट लिएका थिए ।

शरद भेषवाकर पनि एक रनमै आउट हुदाँ नेपाल २२ ओभर एक बलमा ७३—४ को अवस्थामा थियो । थप ८ रन जोड्ने क्रममा नेपालले दिपेन्द्रसिंह ऐरीलाई गुमायो । क्याच आउट हुने क्रममा उनले १८ रन बनाई खेल्दै थिए । मध्यक्रमका व्याट्सम्यानले पनि उत्कृष्ठ प्रदर्शन दोहो¥याउन सकेनन् । कप्तान पारस खड्कालाई शून्यमै गुमाउँदा अर्का भरपर्दा व्याट्सम्यान शरद भेषवाकरलाई समेत गुमायो । जसले नेपाललाई लक्ष्य पछ्याउन निकै चुनौति बन्यो । संयोग नै मान्नपर्छ नेपालका आठ व्याट्म्यान सबै क्याच मार्फत आउट भएका थिए । रोहितकुमार पौडेल २७ रनमा आउट भए । त्यसपछि आएका सोमपाल कामी पनि सात रनमा क्याच भए । बसन्त रेग्मी पनि विकेट किपरको हातबाट शून्य रनमै पवेलियन फर्किए । क्रिजमा जमिरहेको आरिफ शेखलाई पनि निखिल दत्तले स्टम्पिङ गर्दै आउट गरे । उनले व्यक्तिगत २६ रन बनाई आउट भए ।

बुधबार नेपालले टस जित्दै बलिङ गर्ने निधो ग¥यो । क्यानडाले इनिङ टुग्याउँदै नेपाललाई १९५ रनको चुनौति दिएको थियो । ओपनर एस ए वाजिरान्टेले उत्कृष्ठ इनिङ खेल्दै १०३ रन शतकीय पारी खेले । उनी नटआउट रहँदा इनिङ टुग्याएका थिए । आर गुनासेकेरा बसन्त रेग्मीको बलमा केवल ९ रनमा आउट भएपछि दवावमा आएको क्यानडाले एनआर कुमार ५ रन, डिएन पाथिरानाले २, एनएस धलिवालले ४ रनमा आउट भए । सन्दीप लामिछानेले कुमार र पाथिरानालाई आउट गरेका हुन् । रेग्मीले धलिवाल र गुनासेकेरालाई आउट गरेका हुन् । पाँचौ विकेटको लागि ओपनर वाजिरान्टे र हाज्मा तारिकले ३८ रनको साझेदारी गरे । हाज्माले व्यक्तिगत २४ रन बनाई आउट भए । करण केसीले उनको विकेट लिन सफल भए । भेषवाकरले पनि साद विन जाफरलाई एलबी डब्लुको शिकार बनाए । बसन्त रेग्मीले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा डी हेलिगरलाई शून्य रनमै पवेलियन पठाए । एसएस डिन्ड्साले १८ रन नटआउट खेले । नेपालले आजको खेल कुनैपनि अवस्थामा जित्नुपर्ने थियो । जुन अन्तिम बलसम्म नेपालले संघर्ष गर्दै जित निकाल्यो र अंक तालिकामा शीर्षस्थान रहँदै विश्वकपको लागि क्वालिफाईङ भयो ।