च्याम्पियन्स लिगमा युनाईटेड सेभिल्लासँग गोलरहित बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १० गते २०७४ मा प्रकाशित


एजेन्सी—स्पेनिस क्लब सेभिल्लासँग गोलरहित बराबरीमा रोक्दै बेलायती क्लब म्यानचेष्टर युनाईटेडले च्याम्पियन्स लिगमा आफनो सम्भावनलाई जिवितै राखेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा युनाईटेड गोल रहितमा टुग्याउँदै दोस्रो लेगको प्रतिक्षामा छ । म्यान अफ दि म्याच समेत बनेका गोलकिपर डि गियाको उत्कृष्ठ प्रदर्शनमा युनाईटेडले गोलरहित खेल्यो । २७ वर्षिय उनले सेभिल्लाको २४ प्रहारको सामना गर्दै बचाउमै जुटेका थिए । युनाईटेडले पहिलो हाफको एक सट मात्रै प्रहार गरेको थियो । २५ यार्डबाट स्कट म्याक टोमिनेले हानेका थिए ।

युनाईटेड पहिलो हाफमा पाउल पोग्बा विना मैदानमा उत्रिएको थियो । तर १७ मिनेटपछि एण्डर हरेराको पिडौंलामा समस्या भएपछि उनको स्थानमा पोग्बा मैदान छिरेका थिए । खेलको दोस्रो मिनेटमा स्मिेन्ट लेन्गलेटले हानेको हेडिङ बल गुमेपछि सेमिल्लाको पहिलो अवसर खेर गयो । खेलको २५ औं मिनेटमा रोमेलु लुकाकुले एलेक्स सान्चेजको पासलाई उपयोग गर्दै हानेको बल पोष्टभन्दा निकै माथिबाट बाहिरियो । २८ औं मिनेटमा सेमिल्लाका जोअक्विन कोरेआले एभर बनेगाको पासमा बक्सभित्र हानेपनि युनाईटेडका गोलकिपरले बचाउ गरे । ३४ औं मिनेटमा एभरले दिएको पासमा स्टेभन ए जोन्जीले सिक्स यार्ड बक्सबाट हानेको हेडिङ बल समेत युनाईटेडका गोलकिपरले रोके ।

४५ औं मिनेटमा एभरले दिएको कर्नर पासमा गाव्रियल मर्काडोले हानको बल पोष्टको बायाँबाट बाहिरिएको थियो । ६४ औं मिनेटमा जोअक्विन कोरिअले सर्जिओ एसक्युडेरोको पासलाई पनि खेर फाले । ७० औं मिनेटमा युनाईटेडका पउल पोग्बाले पनि हुवान माटाको पासलाई सदुपयोग गर्न सकेनन् । लुईस मोरियलले पनि पाब्लो सारावियाको पासलाई गुमाउँदा सेभिल्लाले जितको अपेक्षा गर्न सकेन् । ८७ औं मिनेटमा र्माकस रासफोर्डले पनि पाउल पोग्बाको पासलाई बक्सको सिधाबाट प्रहार गरेपनि पोष्टको दिशादिनबाट चकेृ । ८९ औं मिनेटमा युनाईटेडका रासफोर्डले पाएको फ्रिकिकलाई पनि सदुपयोग गर्न नसक्दा युनाईटेडले स्पष्ट नजिता निकाल्नबाट बन्चित रह्यो ।