
काठमाडौं (खेलाडी न्युज)- नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल सरकारले जनही ३ लाख रुपैयाँबाट सम्मानित गरेको छ । नगदसहित सम्मानसँगै जिम्बावेको यात्रामा निस्किएको टोलीलाई विदाई समेत गरिएको छ । क्यानडालाई पराजित गर्दै डिभिजन १ मा उक्लिदै विश्वकप छनोटमा सहभागिता जनाउने टोलीका सदस्यलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार हस्तान्तरण गरिएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । १४ सदस्यीय टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्त गोचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दीलिपनाथ, ललित भण्डारी, अनिल कुमार शाह र रोहित कुमार पौडेल छन् । उनीहरुलाई आज एक समारोह बीच बिदाई समेत गरिएको हो । विदाई समारोहमै मदन भण्डारी स्पोर्टस् एकेडेमीले टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँ प्रदान गर्यो । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले नगद प्रदान गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बावेमा हुने एक दिवसीय विश्वकप छनोटको लागि टोलीलाई शुभकामना दिए ।
कप्तान पारसले राष्ट्रकै यस्तो खालको सम्मानले खेलाडीहरुलाई उत्साह र प्रेरणा मिलेको बताए । मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले क्रिकेट बोर्ड निर्माण गरेर नेपाली क्रिकेटको विकासमा लाग्नुपर्नेमा जोड दिए । नेपालले फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन् । नेपालले छनोटको पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ । ४ दिनपछि स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि २–२ दिनको अन्तरमा नेपालले अफगानिस्तान र हङकङसँग भिड्नेछ । त्यसअघि नेपालले २ वटा ‘वार्मअप’ खेल खेल्नेछ । नेपालले फागुन १५ र फागुन १७ मा वार्मअप खेल खेल्नेछ । समूह ‘ए’मा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र युएई छन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन् । दुवै समूहको शीर्ष टोलीले २०१९ मा हुने विश्वकपमा सहभागिता जनाउने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…