
पोखरा (खेलाडी न्युज)—नेपाल आर्मीसँग चौथो सेटमा पराजित हुदैं पश्चिमाञ्चल टोली प्रधान सेनापति तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा उपाविजेतामा चिक्त बुझाएको छ । काठमाडौंमा आयोजित पुरुष भलिबलमा आर्मीसँग २५—१४, २५—१३, २१—२५, २५—१३ को सेटमा पराजित हुदैं उपविजेतामा चिक्त बुझायो । केही समय अघि पोखरामा आयोजित राष्ट्रिय खेलकुद परिषदद्वारा सञ्चालित प्रतियोगितामा समेत आर्मीसँग सेमिफाईनलमा पराजित हुदैं तेस्रो स्थानका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल पुलिस क्लबलाई पराजित गर्दै पोखरामा पश्चिमाञ्चलको टोली तेस्रो स्थानमा थियो ।
आर्मीले लगातार दुई सेट जितेपछि पश्चिञ्चललाई खेलमा फर्किन निकै कोशिस ग¥यो । तेस्रो सेट लिएर प्रतिस्पर्धात्मक बनाउन खोजेपनि अन्तत पश्चिमाञ्चल टोली पराजित हुदैं उपविजेतामा सीमित भएको थियो । पश्चिमाञ्चलले नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बललाई पराजित गर्दै फाईनलसम्मको यात्रा तय गरेको थियो । उपाधि विजेता आर्मीले नगद ३ लाख रुपैयाँ जित्यो । उपविजेतामा चिक्त बुझाएको पश्चिमाञ्चल टोलीले एकलाख ५० हजार रुपैयाँ पायो । नेपाल पुलिस क्लब भने तेस्रो स्थानमा रह्यो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…