लिभरपुल जितसँगै प्रिमियर लिगको दोस्रो स्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १३ गते २०७४ मा प्रकाशित


एजेन्सी—इग्ंिलस प्रिमियर लिगमा शनिबार राती लिभरपुलले वेष्टह्याम युनाईटेडमाथि रवाफिलो जित निकालेको छ । कमजोर देखिएको बेष्टह्यामलाई लिभरपुलले ४—१ को नजिता निकाल्दै लिगको दोस्रो स्थानमा(५७ अक) उक्लिएको छ ।
२९ औं मिनेटमा इमरे कनको गोलबाट अग्रता लिएको लिभरपुलले सादियो मानेको अन्तिम गोलबाट खेललाई विट मा¥यो । कनले मोहम्मद सलाहको कर्नर साईडबाट दिएको पासलाई उपयोग गर्दै हानेको हेडिङ पोष्टको बायाँतर्फको कुनाबाट छिरेको थियो । पहिलो हाफसम्म एक गोलमै सीमित भएको लिभर पुललाई दोस्रो हाफमा भने रोक्न सकेन् । वेष्टह्यामले थप तीन गोलको सामना गर्नु पुग्यो ।

३२ औं मिनेटमा सलाहले सादियो मानेको पासमा सिक्स यार्डबक्सबाट हानेको बल थोरैमाथिबाट बाहिरिएको थियो । ४२ औं मिनेटमा वेष्टह्यामले पनि अवसर सृजना गर्दै लिभरपुलको पोष्टमा प्रहार ग¥यो तर गोलबाट बन्चित भयो । चेईकोउ कोउयातेको पासमा मार्को अर्नाओटोभिचले हानेको प्रहार गुम्न पुग्यो । ५१ औं मिनेटमा लिभरपुलले मोहम्मद सलाहको गोलबाट अग्रतालाई दोब्बर बनायो । एलेक्स ओक्सलाडे चाम्बरलिनको पासमा डिबक्सभित्रबाट हानेको फितलो प्रहार पोष्टको दायाँतर्फको कुनाबाट बल पोष्टभित्र छिरेको थियो ।

५४ औं मिनेटमा चाम्बरलिनले एलेक्सजण्डर आर्नोल्डको पासमा प्रहार गरेपनि खेर गयो । ५६ औं मिनेटमा फेरी लिभरपुलका सादियो मानेले पनि रोबर्टो फिरमिनेको पासलाई पनि उपयोग गर्न सकेनन् । ५७ औं मिनेटमा लिभरपुलले अर्को गोल थप्यो । रोबर्टो फिरमिनेले इमरे कनको थ्रो बललाई कलेक्ट गर्दै हानेको सट सिधै पोष्टभित्र छिरेको थियो । ५९ औं मिनेटमा वेष्टह्यामले पनि गोल गर्दै प्रतिस्पर्धात्मक बनाउने छाँट देखायो । तर त्यो केवल सान्त्वनामा मात्रै परिणत भयो । चेईकोउ कोउयातेको मिलाईदिएको पासमा मिचाईल एन्टोनियोले गोल गरे । ७७ औं मिनेटमा लिभरपुलले चौथो गोल थप्दै फराकिलो जित सुनिश्चित बनायो ।