मेस्सीले किर्तिमान बनाउँदा बार्सिलोनाको जिरोनामाथि फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १३ गते २०७४ मा प्रकाशित


एजेन्सी—स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनामाथि फराकिलो गोल अन्तरले जित्दा लियोनेल मेस्सीले भने रेकर्ड कायम कायम गरेका छन् । उनले ला लिगमा बार्सिलोनाको लागि ३६ वटा फरक क्लबसँग खेल्दै स्कोरिङ गरी नयाँ रेकर्ड कायम गरेका हुन् ।

मेस्सीकै प्रेरणादायी खेलमा बार्सिलोनाले जिरोनामाथि ६—१ को गोल वर्षायो । तर गोलको अग्रता भने जिरोनाले ग¥यो । तेस्रो मिनेटमा पोर्टुले हानेको बल पोष्टभित्र छिरेपछि बार्सिलोना केहीबेर स्तब्ध हुन पुग्यो । तर त्यो अग्रता केवल दुई मिनेट मात्रै रह्यो । ५ औं मिनेटा लुईस स्वारेजले मेस्सीले उपलब्ध गराईदिएको पासमा गोल गर्दै बराबरी गरे । ३० औं मिनेटमा मेस्सीले व्यक्तिगत गोलको खाता खोले । लुईस स्वरेजको पासमा मेस्सीले गोल गर्दै क्लब इतिहासमा बार्सिलोनाका लागि फरक क्लबसँग खेल्दै गोल गर्ने खेलाडीको सूचीमा आफुलाई राख्दै नयाँ किर्तिमान बनाए । ३६ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । उनले फ्रिकिक मार्फत गोल गरेपछि बार्सिलोना फराकिलो अग्रता तर्फ उन्मुख हुदैं गयो । ४४ औं मिनेटमा स्वरेजले पनि व्यक्तिगत दोस्रो गोल गर्दै ह्याट्रिक तर्फ लम्किए । उनलाई दोस्रो गोलको अवसर भने फिलिप कान्टिन्होले उपलब्ध गराईदिए । लुईस स्वरेजकै पासमा कान्टिन्होले गोल गर्दै बार्सिलोनाले अग्रतालाई ५—१ स्थितिमा पु¥यायो । ७६ औं मिनेटमा स्वरेजले ह्याट्रिक पुरा गरे । ह्याट्रिक पुरा गर्न भने उनले डिम्बेलेको पासलाई उपयोग गरे ।

मेस्सीले ला लिगामा फरक क्लबसँग खेल्ने क्रममा काडिज(दोस्रो डिभिजन), रियल मार्सिया(तेस्रो डिभिजन) र जेरेज(चौथो डिभिजन)सँग खेल्दै स्कोरिङ गरेका छन् । ला लिगमा उनले रियल मड्रिडका मिचेलले बनाएको असिष्टको १४७ को रेकर्ड पनि तोडे । उनले लुईस स्वारेजलाई गोलको अवसर दिदाँ उनले बार्सिलोनाका लागि १४८ गोलको अवसर सृजना गरिदिएका थिए । फ्रिकिकमा गरेको गोल जुन उनको क्लबको लागि २२ औै गोल थियो । जसले बार्सिलोनालाई अग्रता दिलायो । मेस्सीले ला लिगामा होममा खेलेको १३० खेलमा गोल गरेका छन् । जसमा दुई खेल मात्रै गुमाउने पुगेको छ । बार्सिलोनाले सन २०१०—११ मा ३१ खेलको अपराजित संख्यालाई पनि तोडेको छ । यो सिजनमा बार्सिलोनाले ३२ खेलमा अपराजित छ । तर सन १९७९—८० को सिजनमा रियल सोसिडाडले बनाएको ३८ खेलमा अपराजित संख्या भने कसैले पनि तोड्न सकेको छैन् । स्वारेजले सन २०१६ पछिको पहिलो ह्याट्रिक हो ।