
पोखरा (खेलाडी न्युज)—नेत्रहीन क्रिकेट संघ कास्कीको आयोजनामा सोमबारदेखि प्रदेशस्तरीय महिला टी—२० क्रिकेट प्रतियोगता हुदैै छ । प्रतियोगिता पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने छ ।
प्रदेश नं १ र प्रदेश नं ४ बीच टी—२० को त्रिदिवसिय सिरिज खेल्नेछन् । विजेता प्रदेशले शिल्ड तथा पदक प्राप्त गर्ने नेत्रहीन क्रिकेट संघ कास्कीका अध्यक्ष निलकण्ठ तिम्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिए । फागुन १४ र १५ गते र समापन १६ गते कास्की नेत्रहीन संघको तालिम केन्द्र बुढीबजारमा हुने छ ।
प्रतियोगिताको पुर्व सन्ध्यामा प्रदेश नं ४ को महिला क्रिकेट टोलीलाई प्रभु बैंकले खेल जर्सी समेत हस्तान्तरण ग¥यो । प्रतियोगितालाई ओम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक, पोखरा फाईनान्स, माछापुच्छ«े बैंक र सञ्चय सहकारीले प्रायोजन गरेका छन् । प्रदेश ४ मा दुई दृष्टिविहीन क्रिकेटर भगवती अम्गाईँ र भगवती भट्टराई राष्ट्रिय खेलाडी समेत हुन् । कास्की जिल्ला नेत्रहीन संघ तथा कास्की जिल्ला क्रिकेट संघ र जिल्ला खेलकुद विकास समितिले सहयोगी भूमिका खेलेका छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…