
एजेन्सी—म्यानचेष्टर युनाईटेडले उत्कृष्ठ कमब्याक गर्दै चेल्सीमाथि आईतबार राती २—१ को जित निकालेको छ । चेल्सीले ३२ औं मिनेटमा गोल गर्दै दिलाएको अग्रता केवल सातमिनेट कायम रह्यो । चेल्सीका विलियनले गोल गर्दै स्पष्ट अग्रता लियो । आउट गएको बललाई निकै छिटो थ्रो गरेर चलाउँदै इडेन हाजार्डले दिएको पासमा विलियनले दायाँ खुट्टाले पोष्टको दायाँ कुनाबाट भित्र छिरेपछि चेल्सीले खुशीयाली मनायो ।
तर खुशीयाली दीर्घकालिन भने बन्न सकेन् । चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका पुर्व प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा रहेको युनाईटेडले ३९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्यायो । रोमेलु लुकाकुको गोलमा युनाईटेड चेल्सी विरुद्धको खेलमा फर्किदै) बराबरीमा ल्याउँदै उत्कृष्ठ लयलाई पस्कियो । लुकाकुले एन्थोनी मार्सियलको पासमा गोल गर्दै पहिलो हाफ बराबरीमा टुग्याए । ७५ औं मिनेटमा जोसे लिङगार्डले गोल गर्दै चेल्सीमाथि युनाईटेडले प्रष्ट जित निकाल्यो ।
जितसँगै युनाईटेड इग्ंिलस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लुकाकुको पासमा लिङगार्डले उत्कृष्ठ गर्दै गोल गरेपछि युनाईटेडले प्रतिष्ठा जोगाए । ७७ औं मिनेटमा विलियनले पाएको अवसरलाई गुमाउँदा चेल्सीले बराबरीको अवसर खेर फाल्यो । ६७ औं मिनेटमा एलेक्स सान्चेजको पासमा लुकाकुको प्रहार पनि खेर गएपछि युनाईटेडले अग्रतालाई फराकिलो बनाउन सकेनन् । ६८ औं मिनेटमा पनि लुकाकुले नै नेमान्जा माटिकको पासलाई उपयोग गर्न सकेनन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…