
एजेन्सी—इग्ल्याण्ड विरुद्ध चार बल बाँकी रहदाँ जित निकालेको न्युजिल्याण्डका रस टेलरले शतक मात्रै पुरा गरेनन् । वान डेमा ७ हजार रन पुरा गर्ने तेस्रो न्युजिल्याण्डी क्रिकेटर समेत बने । उनले ११३ बलमा ११६ रन बनाउँदै २८५ रनको लक्ष्यलाई न्युजिल्याण्डले ४ बल बाँकी छदाँ सातको क्षतिमा पुरा गर्दै सिरिज १—०ले अग्रता लिएको छ । वान डेमा उनको १८ औं शतक पनि हो । रसिदको बलमा क्याच आउट हुनु अघि उनले १२ चौका हान्दै उत्कृष्ठ इनिङ खेल्दै ११६ रन बनाई जितको आधार बनाएका थिए ।
रस टेलरले इग्ल्याण्ड विरुद्ध शतक पुरा गर्दै अन्तराष्ट्रिय क्रिकेट करियरमा वान डेमा सात हजार रन पुरा गर्ने तेस्रो न्युजिल्याण्डी क्रिकेटर बने । सात हजार रन पुरा गर्ने खेलाडीमा स्टिफन फ्लेमिङ र नाथ एस्लेले मात्रै छन् । टेलरले न्युजिल्याण्डको इनिङ भने मध्यक्रममा आएर सम्हालेका थिए । उनले टम लाथमसँग १७८ रनको साझेदारी गरेका थिए । यद्यपी लाथमले पनि व्यक्तिगत ७९ बनाई आउट भएका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…