म्यानचेष्टर सिटीलाई काराबाओ कप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १४ गते २०७४ मा प्रकाशित


एजेन्सी—आर्सनललाई पराजित गर्दै इग्ंिलस प्रिमियर लिग लीडर म्यानचेष्टर सिटीले काराबाओ कप जितेको छ । आईतबार राती भएको फाईनलमा सिटीले आर्सनललाई ३—० गोलले पराजित गर्दै कप उचाल्यो ।

बलमाथिको नियन्त्रण सिटी भन्दा कमजोर देखिएको आर्सनलले सिटीको आक्रमण भने १८ औं मिनेटसम्म रोक्यो । सर्जियो अगुईरोको गोलमा सिटीले अग्रता लिदाँ पहिलो हाफ सोही अग्रताबाट टुंगिदैै दोस्रो हाफ शुरु भएको थियो । क्लाउडिओ ब्राभोले मिलाईदिएको पासमा अगुईरोले डिबक्स बाहिरबाट हानेको सट पोष्टको दायाँ कुनाबाट भित्र छिर्दै सिटीले पहिलो हाफमा आर्सनलमाथि गोलको दवाव कायम राख्यो । खेलको ८ औं मिनेटमा पनि अगुईरोले डेविड सिल्भाको पासलाई उपयोग गर्दै हानेको प्रहार खेर गएको थियो ।

३१ औं मिनेटमा आर्सनलका ज्याक वेल्सेरले पिएर एमिरिक अबुमेयाङको पासलाई डिबक्स लाईनबाट हाने तर बल निकै अग्लाईबाट बाहिरियो । ३३ औं मिनेटमा सिटीका लागि अगुईरोले अर्को अवसरलाई गुमाए । केभिन डे ब्रुनेको पासमा उनले हेड गरेपनि पोष्टको दिशादिन सकेनन् । ४८ औं मिनेटमा लामो समयपछि टोलीमा आफनो उपस्थिति जनाएका भिसेन्ट कोम्पनीले लेरोय सानेको हेडपासलाई उपयोग गर्दै प्रहार गरेपनि बचाउ हुदाँ सिटीले अग्रता फराकिलो बनाउने अवसरबाट बन्चित हुन पुग्यो । ५८ औं मिनेटमा सिटीले दोस्रो गोल ग¥यो । भिसेन्ट कोम्पनीले इके गण्डोगानको पासलाई सदुपयोग गर्दै गोल गरेपछि आर्सनल दोहोरो गोलको दबावमा खेल्न पुग्यो ।

६५ औं मिनेटमा आर्सनलले तेस्रो गोलको सामना ग¥यो । डानिलोले दिएको थ्रो बललाई डेविड सिल्भाले कलेक्ट गर्दै हानेको बल पोष्टको दायाँकुनाबाट छिरेको थियो । खेलको अतिरिक्त समयमा हेक्टर बर्लिनले ज्याक वेल्सेरको पासमा डिबक्स नजिकैबाट हानेपनि बल आकासिएको थियो ।