अफगानी क्रिकेटर शहजाद दुईखेलमा निलम्बित, नेपालसँगको खेलमा नखेल्ने सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २४ गते २०७४ मा प्रकाशित


एजेन्सी—अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसिसी)ले अफगानिस्तानी क्रिकेटर मोहम्मद शहजादलाई दुई खेलमा निलम्बित गरेको छ । यसभन्दा अघि डोपिङ टेष्टमा असफल भएका क्रिकेटर शहजादलाई आईसिसीले एकवर्षको प्रतिबन्ध लगाएको थियो । आईसिसीले उनलाई बुधबार आईसिसीको आचार संहिता उल्लंघन गरेको आरोपमा दुई खेल निलम्बित गरेको हो । निलम्बनसँगै जारी विश्वकप छनोट खेल अन्तर्गत दुई खेलमा अनुपस्थिति रहने छन् । उनी अफगानका व्याट्सम्यान हुन् ।

आईसिसीका अनुसार जिम्बावेसँगको खेलमा पिचमा व्याट ठोकेपछि निलम्बन गरिएको हो । व्याट ठोकेपछि पीच क्षतिग्रस्त भएको भन्दै दुई खेलमा निलम्बन गरिएको जनाएको छ । आईसिसीले आचार संहिता २.१.८ अनुसार दोषी देखाउँदै कारवाही गरेको हो । उनको गल्तीकै कारण उनको म्याच फिको १५ प्रतिशत हिस्सा समेत गुमाउन पुगेका छन् ।
शहजाद सन २०१६ डिसेम्बर १२ मा संयुक्त अरब एमिरेट(युएई)सँग टी—२० खेलमा र्आसिसीको आचारसंहित उल्लंघन गरेको कारण शतप्रतिशत म्याच फि बराबरको जरिवाना तिरेका थिए । त्यतिबेला तीन खराब अंक जोडिएको थियो । अहिले एक अंक थपिएको छ । जसल चार खराब अंक उनको खातामा छ । आईसिसीले वान डे र टी—२० मा छुट्टाछुट्टै रुपमा व्याट्सम्यानलाई र्याकिङ गर्दा अंक दिने गर्छ । जसले उनलाई निकै हानी पुगेको छ । सन २०१७ जनवरी १७ मा उनलाई पिसाब परीक्षणको क्रममा असफल भएका थिए । लगत्तै उनलाई एकवर्षको प्रतिबन्ध लगाईएको थियो । जुन गत जनवरी १८ तारिखमा फुकुवा भएको थियो ।