
विर्तामोड(खेलाडी न्युज)—विभागीय डर्बीमा फेरी एकपटक नेपाल आर्मी हावी हुदाँ नेपाल पुलिस क्लब झापा गोल्डकपबाट बिदा लिएको छ । दुई साता अघिमात्रै हेटौडा गोल्डकपमा फाईनलमा पराजित भएको पुलिस झापा गोल्डकपमा आर्मीसँगै दोस्रो पटक हार स्वीकार्यो ।
विर्तामोडको डोमालाल राजवंशी रंगशालामा बिहीबारको खेलमा पहिलो हाफको ४३ औं मिनेटमा पाएको फ्रिकिकलाई जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सेमिफाईनल पुर्याउँदा पुलिसले सिजनको तेस्रो उपाधि तर्फ लम्कने बाटो क्वार्टरफाईनलबाटै छोटियो । पुलिसका स्टपर अजित भण्डारीले आर्मीका स्ट्राईकर नवयुग श्रेष्ठलाई फउल हिर्काएपछि पाएको फ्रिकिकलाई भने प्रिन्सले प्रहार गरेका थिए । पुलिसले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोलविहीन हुदैं मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताबाट बिट मार्यो ।
आर्मीलाई सेमिफाईनल पुर्याएका कार्की खेलको म्यान अफ दि म्याचको हकदार बन्दै नगद २५हजार रुपैयाँ पाए । प्रतियोगितामा गोल्डकपका संस्थापक सदस्य फुर्वा लामा र अन्तराष्ट्रिय झापाली समाज अष्ट्रेलियका अध्यक्ष दिनेश पोखरेलको पहलमा गोल्डकपको दोस्रो पुरस्कार प्रायोजन गर्ने छन् । दोस्रो पुरस्कार राशी ६ लाख रुपैयाँ छ । शुक्रबारको खेल रमपम झापा ११ विरुद्ध रुस्लान थ्री स्टार बीच हुने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…