
धन बस्नेत, पोखरा-लायन्स क्लब इन्टरनेशनल स्थापनाको १०० वर्ष पुगेको अवसरमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले तीन खेलाडीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । तीन खेलाडीसहित डिष्ट्रिक ३२५ बी १ ले नेपालभरिका विभिन्न क्षेत्रमा योगदान पुर्याएका १०० जनालाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने डिष्ट्रिक ३२५ बी १ गर्भनर धनराज आचार्यले बताए । भोलि शनिबार हुने नागरिक अभिनन्दनको लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ र लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए २, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को सहकार्यमा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नागरिक अभिनन्दन गरिने छ ।
लायन्स क्लबले एथलेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोका दिपक विष्ट र क्रिकेट अभियान्ता एलबी क्षत्रीलाई नागरिक अभिनन्दन गरिने छ । सागमा मानन्धरले तीन स्वर्ण पदक विजेता हुन् । उनी साग म्याराथनका किर्तिमानी धावक समेत हुन् । उनले पहिलो, दोस्रो र तेस्रो सागमा स्वर्ण पदक जित्दा ४५.१९५ किलोमिटरको दुरीलाई २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समयमा पुरा गरेका थिए । जुन किर्तिमान अहिलेसम्म कायमै छ । उनी ओलिम्पयन समेत हुन् ।
तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी दिपक विष्टले सागमा चार स्वर्ण पदक जितेका छन् । जुन आफैंमा किर्तिमानी हो । उनी एशियन गेम्समा तेक्वान्दोमा दुई कास्य पदक समेत जितेका छन् । उनले आठौं, नवौं, दशौं र एघारौं सागमा स्वर्ण पदक जितेका थिए । यसैगरी नेपाली महिला क्रिकेट अभियान्ता एलबी क्षत्रीलाई नागरिक अभिनन्दन गरिने छ । उनकै श्रेयमा नेपालमा महिला क्रिकेट शुरु भएको थियो । उनी नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत हुन् ।
पोखराको सभागृह हलबाट झाँकीसहित रथारोहण शुरु हुने छ । रथारोहण चिप्लेढुंगा, महेन्द्रपुल हुदैं नयाँबजारमा पुगेर औपचारिक कार्यक्रम गर्दै समापन गरिने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबजारमा आयोजित कार्यक्रममा व्यक्तित्वहरुलाई अभिनन्दन गरिने लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले जनाएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…