युरोपा लिगामा आर्सनलद्वारा एसी मिलान पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २५ गते २०७४ मा प्रकाशित


एजेन्सी—एकपछि अर्को हारको श्रृखंला दोहोर्याएको इग्ंिलस क्लब आर्सनलले भने युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा भने इटालीयन क्लब एसी मिलानलाई पराजित गर्दै समर्थकलाई खुशी दिएको छ । लामो समयसम्म जितको खोजीमा रहेको आर्सनलले हिजो राती एसी मिलानलाई पहिलो हाफभित्र गोल गर्दै जित सुनिश्चित बनाएको थियो ।

आर्सनल ब्रिङटन एण्ड होभ अलवियोनसँग २—१ ले पराजित भएपछि निकै आलोचित हुदैं गएको थियो । तथापी यो जितले केही राहत भने दिएको छ । खेलको १५ औं मिनेटमा मेसुट ओजिलले मिलाईदिएको पासमा हेनरिक मखितारयानले गोल गरेपछि आर्सनल समर्थकमा खुशी छायो भने प्रशिक्षक आर्सेन वेन्गरले पनि राहतको अनुभूति गरे । पहिलो हाफ सकिन थपिएको चार मिनेटमा अर्को गोल थप्दै आर्सनलले जित पक्का गर्यो । मेसुट ओजिलकै पासलाई आरोन राम्सेल निकै नजिकबाट पोष्टको दिशा दिदैं युरोपा लिगको पहिलो लेग २—० गोल अन्तरले जित्यो ।