लायन्सको शतवार्षिकीमा तीन पूर्व खेलाडीलाई नागरिक अभिनन्दन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)— खेलकुदको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै तीन खेलाडीलाई लायन्सको १०० वर्षको अवसरमा पोखरामा शनिबार नागरिक अभिनन्दन गरिएको छ । झाँकीसहितको गाडीमा एथलेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोका दिपक विष्ट र क्रिकेट अभियान्ता एलबी क्षत्रीलाई नगरपरिक्रमासहित रथारोहण गरी अभिनन्दन गरिएको हो । पूर्व राष्ट्रिय खेलाडीलाई पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ को आयोजनामा तीन खेलाडीसहित डिष्ट्रिक ३२५ बी १ ले नेपालभरिका विभिन्न क्षेत्रमा योगदान पुर्याएका १०० जनालाई रथारोहणसहित नागरिक अभिनन्दन गरिएको थियो । डिष्ट्रिक ३२५ बी १ गर्भनर धनराज आचार्यले बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ र लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए २, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ को सहकार्यमा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नागरिक अभिनन्दन गरिएको थियो ।

लायन्स क्लबले एथलेटिक्सका बैकुण्ठ मानन्धर, तेक्वान्दोका दिपक विष्ट र क्रिकेट अभियान्ता एलबी क्षत्रीलाई नागरिक अभिनन्दन गरिने छ । सागमा मानन्धरले तीन स्वर्ण पदक विजेता हुन् । उनी साग म्याराथनका किर्तिमानी धावक समेत हुन् । उनले पहिलो, दोस्रो र तेस्रो सागमा स्वर्ण पदक जित्दा ४५.१९५ किलोमिटरको दुरीलाई २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समयमा पुरा गरेका थिए । जुन किर्तिमान अहिलेसम्म कायमै छ । उनी ओलिम्पयन समेत हुन् ।
तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी दिपक विष्टले सागमा चार स्वर्ण पदक जितेका छन् । जुन आफैंमा किर्तिमानी हो । उनी एशियन गेम्समा तेक्वान्दोमा दुई कास्य पदक समेत जितेका छन् । उनले आठौं, नवौं, दशौं र एघारौं सागमा स्वर्ण पदक जितेका थिए । यसैगरी नेपाली महिला क्रिकेट अभियान्ता एलबी क्षत्रीलाई नागरिक अभिनन्दन गरिने छ । उनकै श्रेयमा नेपालमा महिला क्रिकेट शुरु भएको थियो । पोखराको सभागृह हलबाट झाँकीसहित रथारोहण शुरु भएको थियो ।