स्पेन र जर्मनी बीच शुक्रबार अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ८ गते २०७४ मा प्रकाशित


एजेन्सी—आउँदो तीन महिनापछि रसियामा फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप हुदैं छ । विश्वकप नजिकिदैं गएको अवस्थामा शुक्रबार विश्वकप पुर्वविजेताद्वय जर्मनी र स्पेन बीच अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छन् ।

जर्मनी २०१४ को विश्वकप विजेता हो भने स्पेन २०१० मा विश्वकप विजेता हुन् । दुवैले प्रतिष्ठाको खेल खेल्दै छन् । दुवैको प्रतिस्पर्धाले विश्वकप फुटबलको फाईनलको झल्को समेत दिने छ । सन २०१० मा स्पेनले जर्मनीलाई पराजित गर्दै उपाधि जितेको थियो । जर्मनीले २०१४ मा अर्जेन्टिनलाई पराजित गर्दै विश्वकप उचालेको थियो ।

हेड टु हेडलाई आधार मान्ने हो भने यी दुई बीच चार पटक मात्रै आमनेसामने भएका छन् । जसमा स्पेनले ३ पटक र जर्मनीले १ पटक जित हासिल गरेको तथ्यांक छ । पहिलो भेट सन २००३ फेब्रअरी १३ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनले जर्मनीलाई ३—१ गोलले पराजित गरेको थियो । दोस्रो भेट सन २००८ मा युरोपियन च्याम्पियसिपमा भएको थियो । त्यसमा पनि १—० गोलले स्पेनले नजिता आफनो पक्षमा पारेको थियो ।

८ जुलाई २०१० को विश्वकपमा भने स्पेनले जर्मनलाई १—० गोलले पराजित गर्दै विश्वकपको यात्रालाई टुग्याएको थियो । अन्तिम भेट भने सन २०१४ मा भएको थियो । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले स्पेनलाई १—० गोलले हराएको थियो । फोटो फाईल