
पोखरा(खेलाडी न्युज)—एकसातापछि हुने तयारी भईरहेको अखिल नेपाल फुटबल संघ(एन्फा)को अधिवशेन नहुने संकेत देखा परेको छ । एन्फाको अधिवशेनले नयाँ नेतृत्व चयन गर्ने आन्तरिक तयारी भईरहदाँ ललितपुर उच्च अदालतले फुटबल संघको निर्वाचत रोक्ने अन्तरिम आदेश जारी गरेको हो ।
भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीको आधार मान्दै उच्च अदालतले बिहीबार अन्तरिम आदेश जारी गर्दै निर्वाचन रोक्न निर्देशन गरेको हो । अदालतले निर्वाचन रोक्न आदेश जारी गरेपछि अन्यौलता छाएको छ । देश दौडाहा गर्दै आफनो पक्षमा लबिङ गरेको अवस्थामा एकाएक अदालतको आदेशले सबैलाई अन्यौल बनाईदिएको छ । उच्च अदालतका न्यायधिश राजकुमार वनको एकल इजलासले उक्त निर्णय गरेको हो । दुवै संघले आफुहरलाई एन्फाको निर्वाचनमा बन्चित गरेको भन्दै उजुरी दिएका थिए । उजुरीकै आधारमा न्यायधिश वनको एकल इजलालसले उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अर्को आदेश नआउँदासम्मको अवस्थामा निर्वाचन स्थगित गर्ने आदेश दिएको हो ।
असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाई अदालतमा उजुरी दिएका थिए । उजुरीमाथि सुनुवाई गर्ने क्रममा अदालतले १५ दिनभित्र दुवै पक्षलाई उपस्थितिको लागि आदेश समेत दिएको छ । भक्तपुर जिल्ला फुटबल संघले सबै क्लबलाई समावेश नगरी निर्वाचन गनै खोजको भनेपछि जिल्ला अदालतमा विरोधी पक्षले उजुरी दिएका हुन् । एन्फाको चुनावी मैदानमा कर्मा छिरिङ शेर्पा र मणि कुँवर बीच अध्यक्षको लागि प्रतिस्पर्धामा छन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…