जिम्बावेमाथि युएईको प्रतिष्ठाको जीत, आयरल्याण्ड र अफगानिस्तानलाई विश्वकपको सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ८ गते २०७४ मा प्रकाशित


एजेन्सी—छ बल, १५ रन । जितले विश्वकपको ढोका खोलिन्थ्यो । क्रिजमा केएम जार्भिस र सिआर एभाईन थिए । तेस्रो बलमा चौका हान्दै ३ बलमा ८ रन चाहिएको थियो । जार्भिसले १ रन लिदैं एभाईनलाई स्ट्राई दिए । १ बलमा ६ रनको खाँचो थियो । मोहम्मद नाभेदले अन्तिम ओभरको अन्तिम बल फाले । अन्तिम बलमा एर्भाइनले दुई रन लिए जुन जितको लागि पर्याप्त भएन । अन्तत जिम्बावे तीन रनले पराजित हुन पुग्यो । एभाईनले २२ रन र जार्भिसले ६ रनमा नआउट रहे ।

मोहम्मद नाभेदले आठ ओभर बलिङ गर्दै तीन विकेट लिए । रोहन मुस्तफाको नाममा दुई विकेट लेखियो ।
संयुक्त अरब ईमिरेट्स(युएई)ले जिम्बावेलाई विश्वकप क्रिकेटमा प्रवेश गर्ने ढोका बन्द अन्तिम ओभरमा बन्द गरिदियो । युएईले अन्तिम खेल खेल्दै २ अंक जोड्दै विश्वकप छनोट खेल टुग्याउँदा जिम्बावेको यात्रालाई पनि विट मारिदियो । युएईले जिम्बावेको ढोका बन्द गरिदिदाँ आयरल्याण्ड र अफगानिस्तानलाई भने विश्वकपमा पुग्ने सौभाग्य पाएका छन् । आयरल्याण्डको ४ र अफगानिस्तानको ४ अंक छ । स्कटल्याण्ड र जिम्बावेको ५—५ अंक थियो ।

एस.सी विलियम्स र सिकन्दर राजाले जित तर्फ उन्मुख गराईरहे । तर रोहन मुस्तफाको बलमा राजा क्याच आउट भएपछि विलियम्ससँगको साझेदारी टुटेको थियो । विलियम्सले ८० रनको पारी खेल्दै जित तर्फ डोहोर्याईरहेका थिए । राजाले पनि २६ बलमा आक्रामक व्याटिङ गर्दै ३४ रन बनाई पवेलियनको बाटो लिए । पिजे मुरलाई ३९ रनमा गुमाएपछि बिआरएम टेलरलाई पनि जिम्बावेले सस्तैमा १५ रनमा क्रिज छाडेको देख्न पुग्यो । अन्तत जिम्बावे २२६ रनमा समेटिदाँ ३ रनको रोमाञ्चक जित युएईले आत्मसात गर्यो ।

युएईले आज प्रतिष्ठाको लागि खेल्यो । जहाँ जित निकाल्दै अंक विहीन हुनबाट जोगिदैं स्वदेश फर्कियो । तर विश्वकप छनोट प्रतियोगिता आयोजक जिम्बावेको भाग्यमा खोट लाग्यो । टस जितेर पनि फिल्डिङ रोजेको जिम्बावेलाई युएईले जितको लागि २३० रन(४० ओभर)को लक्ष्य दिएको थियो । डकवर्थ लुईस नियम अनुसार जिम्बावेले ४० ओभरमा २३० रनको लक्ष्य पाएको थियो ।

रामेज साहजादले अर्धशतकीय पारी खेल्दै सम्मानजनक स्कोर जिम्बावेसामु प्रस्तुत गर्यो । साहजादले ७२ बलमा ५९ रनको पारी खेले । गुलाम साब्बरले ४० रन बनाउन ६२ बल खेले । साईमन अन्वारले ३३ रन बनाई आउटहुदाँ ओपनर रोहन मुस्तफा भने ३१ रनमा खेलिरहँदा सिकन्दर राजाको बलमा आउट हुन पुगे । म्यान अफ दि म्याच मोहम्मद नाभेदले २२ रन नटआउट हिर्काए । राजाले तीन विकेट लिए भने टिएल चतराले दुई विकेट लिए ।