
पोखरा(खेलाडी न्युज)—विनोद कायस्थ, गोपीबहादुर भट्टराई, धरमबहादुर लामिछाने र विकास गुरुङ्ग पोखरा रंगशालामा जारी मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटरफाइनल खेलहरुमा जित हाँसिल गर्दै उनीहरुले अन्तिम चारमा स्थान बनाएका हुन् ।
विनोदले समिर शेरचनमाथि ६–३, ५–७ र सुपरटाईमा ११–९ को कठिन जित निकाले । दुवै टेनिसका समकालिन हुन् । झण्डै डेढदशकपछि एउटै कोर्टमा प्रतिस्पर्धीको रुपमा भेट भएको थियो । गोपीले भने रामराजा कार्कीमाथि ६–२, ६–१ को सहज जित हाँसिल गरे । त्यस्तै धरम लामिछानेले शरण गुरुङ्गलाई ७–६ र ६–२ ले पराजित गर्दा विकाश गुरुङ्गले एसपी अशोक सिंहमाथि ६–३, १–६ र सुपरटाईमा १०–६ को संघर्षपूर्ण जित हात पारे ।
शनिबार विनोद र धरम तथा विकास र गोपी फाइनल प्रवेशका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल भने आइतबार हुने मेसुका स्पोर्टसका सञ्चालक राजु गुरुङ्गले जानकारी दिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…