मुम्बई आईपिएलको शीर्षस्थानमा उक्लियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित


हार्दिक पाण्ड्या आउट भएपछि पभेलियन फर्किर्दै ।

अबुधावी(एजेन्सी)-शिवकुमार यादवले अविजित ७९ रन हिर्काएपछि मुम्बई इण्डियन्सले आईपिएलमा रोयल च्यालेन्ज बैंग्लोरले दिएको १६५ रनको लक्ष्य पाँच बल बाँकी छदाँ भेट्टाउँदै शीर्षस्थानमा उक्लिएको छ ।

क्विन डिकक र इशान किसनलाई क्रमश १८ र २५ रनमा गुमाएको मुम्बईले तेस्रो नम्बरमा आएका यादवले उत्कृष्ट पारी खेल्दै जितसम्म डोहोर्याए । सहकर्मी व्याट्सम्यानको योगदान खासै प्रभावकारी नभएपनि यादवले जितसम्म डोहोर्याउन ४३ बल खेल्दै १० चौका र ३ छक्का हिर्काए । हार्दिक पाण्ड्याले १७ रनको योगदान गर्दा मुम्बईले बैंग्लोरमाथि ५ विकेटको महत्वपूर्ण जित दर्ता गर्दै शीर्षस्थानमा उक्लियो । प्ले अफलाई बलियो बनायो ।

बैंग्लोरले देवदत्त पड्डिकलको ७४ रनको योगदानमा ६ विकेट गुमाउँदै १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसप्रित बुमराहको बलमा आउट भएपछि बैंग्लोरको पतन शुरु भएको थियो । जोशे फिलिपेले ३३ रनको योगदान दिए । विराट कोहली ९ रनबाट माथि उठन सकेनन् । एबीडि भिलियर्सले पनि १५ रन भन्दा बढी बनाउन सकेनन् । बुमराहले ३ विकेट लिए ।