
अन्नपूर्ण रंगशाला
पोखरा-पोखराको पुरानो मध्येको अन्नपूर्णमा रंगशालालाई विस्तार गरी बैकल्पिक ट्रयाक एण्ड फिल्डको रुपमा विकास गर्न अध्ययन शुरु गरिएको छ ।
हक्की र टेनिसको जग बसालेको पोखरा–१ बगरस्थित पृथ्वीनारायण क्याम्पस भित्रको अन्नपूर्ण रंगशालालाई बैकल्पिक ट्रयाक एण्ड फिल्ड बनाउन सर्भे समेत गरिएको छ ।
५८ रोपनीको फुटबल मैदानलाई विस्तार गरी ट्रयाक एण्ड फिल्ड बनाउन क्याम्पस प्रशासन, व्यवस्थापन समिति तथा खेलकुदका प्राविधिक लगायतको संयुक्त टोलीले सर्भे गरेको थियो ।
सर्भे अनुसार पुरानो हक्की मैदान(हाल प्राध्यापकको सवारी पार्किङस्थल)लाई समेत समेट्दै ट्रयाक एण्ड फिल्ड बनाउन सकिने सम्भावना प्राविधिकहरुले औंल्याएका छन् ।
‘ट्रयाक एण्ड फिल्ड बनाउने उद्देश्यसहित ५ दिन लगाएर फिल्ड सर्भे गरिएको छ’ क्याम्पस व्यवस्थापन समितिका सदस्य जुमप्रसाद गुरुङले भने–‘अन्नपूर्ण रंगशालालाई ट्रयाक एण्ड फिल्ड बनाउन सकिए पोखरा रंगशालाको विकल्प हुने थियो ।’
८ लेनको ट्रयाक, ४० करोड लाग्ने अनुमान
स्ववियु भवन भत्काउनुपर्ने
पार्किङस्थल समेत लिनुपर्ने
सर्भेमा क्याम्पसभन्दा पूर्व तर्फ सेती नदीको किनारको २७५ रोपनी क्षेत्रफललाई गल्फलाई उपयोग गर्न सकिने विषयमा समेत छलफल भएको उनले सुनाए ।
सर्भे अनुसार ट्रयाक एण्ड फिल्ड बनाउन भईरहेको स्वतन्त्र विद्यार्थी युनियनको भवन भत्काउनुपर्ने देखिन्छ । कास्की जिल्ला खेलकुद विकास समितिका प्राविधिक ई. अनिल अधिकारीका अनुसार पार्किङस्थलको रुपमा प्रयोग गरिएको क्षेत्रफलसहित उपयोग गर्न सकिए उत्कृष्ट ट्रयाक एण्ड फिल्ड बन्छ । ८ लेनको ट्रयाक बनाउन सकिने अध्ययनले देखाएको उनले जानकारी दिए ।
ट्रयाक एण्ड फिल्ड बनाउन सकिए एथ्लेटिक्सका गतिविधिहरु आयोजना गर्न सकिन्छ । पोखरा रंगशालाको विकल्प बन्न सक्ने सम्भावना छ । ‘छलफल चलेको छ । तर निर्णय भईसकेको छैन् ।’
ट्रयाक एण्ड फिल्डसँगै क्याम्पस परिसरमा बास्केटबल कोर्ट, भलिबल कोर्ट समेत छन् । ट्रयाक एण्ड फिल्ड बनाउन सकिए एथ्लेटिक्सका गतिविधिहरु आयोजना गर्न सकिन्छ । पोखरा रंगशालाको विकल्प बन्न सक्ने सम्भावना छ । ‘छलफल चलेको छ । तर निर्णय भईसकेको छैन् ।’ सदस्य गुरुङले भने ।
सर्भेमा क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रमुख लगायतको टोली थियो । ८ लेनको ट्रयाक बनाउन झण्डै ४० करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…