
पन्जाब र राजस्थान बीचको खेल । तस्बिर फाईल
एजेन्सी-आईपिएलको प्ले अफको लागि निकै संघर्ष गर्नुपर्ने बेला आएको छ । जित्नै पर्ने दबावमा छन् । राजस्थान रोयल्स र किग्स इलाभेन पन्जाब बीच प्रतिस्पर्धा हुदैं छ ।
दुवैलाई जित अनिवार्य छ । १२ औं खेल टुंगिदाँ पन्जाब १२ अंक छ । राजस्थान भने १० अंक छ । यसै सिजनको पहिलो खेलमा राजस्थानले पन्जाबलाई पराजित गरेको थियो ।
सर्वाधिक स्कोर मध्ये २२३ को लक्ष्य पछ्याउने क्रममा राजस्थानले २२६ बनाउँदै तीन बल बाँकी छदाँ जित दर्ता गरेको थियो ।
पछिल्लो समय पन्जाब निकै लयमा छ । क्रिस गेलको प्लेईङ सेटमा रहेपछि चुनौतिलाई सहज पन्छाउँदै आएको छ । उत्कृष्ट व्याटिङ गरेका छन् । युनिर्भस बोसको रुपमा परिचित गेलको विकेट लिनु महत्वपूर्ण हुने छ ।
राजस्थान र पन्जाब बीच पछिल्लो २० खेलमा राजस्थानले ११ र पन्जाबले ९ खेल जितेको तथ्यांक छ । जोस बटलर, स्टेभन स्मिथ तथा सन्जु सामसन लयमा छन् । जोफ्रा आर्चर उत्कृष्ट बलर छन् ।
पन्जाबसँग गेलसँगै मायांक अग्रवाल, मन्दिप सिंह जस्ता व्याट्सम्यान छन् भने मोहम्मद सामी उत्कृष्ट बलरको रुपमा परिचित छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…