राजस्थानसँग पन्जाबको सिजनको दोस्रो हार

- क्रिस गेल ९९ रनमा आउट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित


राजस्थान रोयल्सका कप्तान स्टेभ स्मिथ रन लिने क्रममा डाईभ गर्दै ।

अबुधावी(एजेन्सी)-किग्स इलोभन पन्जाबलाई ७ विकेटले पराजित गर्दै राजस्थान रोयल्स आईपिएलको सिजनको प्लेअफको लागि अझैपनि संघर्षरत छ । १२ अंकसहित पाँचौस्थानमा हुदाँ रन रेटकै आधारमा पन्जाबभन्दा एकस्थान तल छ ।

ेअबुधावीस्थित जायद अन्तराष्ट्रिय क्रिकेट मैदानमा गएराती भएको प्रतिस्पर्धामा १८६ को लक्ष्य पछ्याएको राजस्थानले बेन स्टोकको अर्धशतकीय पारीमा ३ विकेटको क्षतिमा भेट्टाउन सफल भएको थियो । जित्नै पर्ने दबावका बीच क्रिजमा उत्रिएको टोलीको लागि खेल निकै महत्वपूर्ण थियो ।

बेन स्टोकले २६ बलमा ५० रन बनाउने क्रममा ६ चौका र ३ छक्का रनको स्कोर कार्डमा चढाउँदा सन्जु सामसनले पनि महत्वपूर्ण पारी खेल्ने क्रममा अर्धशतक बनाउन दुई रनबाट चुके । ४८ रनमा खेलिरहँदा रनलिने क्रममा आउट भए । उनले २५ बल खेल्दै ४ चौका र ३ छक्का हिर्काए । स्टेभ स्मिथले अविजित ३१ रन र रविन उथप्पाले ओपनिंग गर्ने क्रममा ३० रनको योगदान रह्यो ।

पहिलो व्याटिंगमा उत्रिएको पन्जाबले क्रिस गेललाई गुमाएपछि सम्भावित ठूलो स्कोर बनाउनबाट चुक्यो । शतक पुरा गर्न एक रन बाँकी रहेको अवस्थामा उनी जोफ्रा आर्चरको बलमा आउट हुदाँ ९९ रन बनाई क्रिजमा थिए । उनकै ठोस इनिंगमा पन्जाबले ४ विकेटको क्षतिमा १८५ रनको बलियो लक्ष्य प्रस्तुत गरेको थियो ।

गेलले ६३ बल खेल्दै ६ चौका र ८ छक्का हिर्काउँदै आफुलाई अझैपनि प्रभावशाली व्याट्सम्यानको रुपमा दर्याईरहे । केएल राहुलले पनि ४६ रनको ओपनिंग खेल्ने क्रममा ४१ बलको सामना गरेका थिए । मन्दिप सिंह भने शून्यमै पभेलियन फर्किएका थिए । निकोलस पोरन २२ रन बनाए । राजस्थानका बलर जोफ्राले २ र बेन स्टोकले २ विकेट लिएका थिए ।