
दिल्ली क्यापिटल्स विरुद्ध मुम्बई इण्डियन्स ।
एजेन्सी-अबको केही मिनेट पछिआईपिएल अन्तर्गत मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दै छ । फ्ले अफको लागि दिल्लीलाई जित अनिवार्य छ । मुम्बई भने प्लेको लागि छनोट भईसकेको छ ।
आईपिएलको १३ औं चरणको खेल खेल्ने क्रममा फेरी एक पटक दुई फ्रेन्चाईज टिम आमने सामने हुदैं छन् । सिजनको दोस्रो भेटमा हार जितको सम्भावना नजिताले देखाउँने छ । तर दिल्लीलाई गत अक्टोबर १२मा भएको सिजनको पहिलो प्रतिस्पर्धामा हारको बदला लिने अवसर हुने छ ।
मुम्बईले भने दिल्लीमाथि दोहोरो जित दर्ता गर्दै उपाधिको लागि आफुलाई बलियो सावित गर्ने सक्छ । दिल्लीका लागि दुई खेलमा सतक बनाएका शिखर धवनमाथि भरपर्ने सम्भावना उत्तिकै छ ।
श्रेयस ऐयर तथा अजिक्य राहाणेको व्याटिंग पनि चल्नुपर्ने खाँचो उत्तिकै छ । पृथ्वी सा आईपिएलको यो सिजनमा चल्नै सकेका छैनन् । कासिगा राबडा, रविचन्द्र आश्विन जस्ता बलर छन् ।
मुम्बईको लागि कप्तान रोहित शर्मासँगै हार्दिक पाण्ड्या, ईशान किसन छन् । जसप्रित बुमराह राहुल चाहर जस्ता बलर छन् । खेल दुबईस्थित दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…