
रविचन्द्र अश्विनलाई आउट गर्ने क्रममा क्याच गर्दै कुर्नाल पाण्डे ।
दुबाई(एजेन्सी)-शिखर धवन शून्यमै पभेलियन फर्किएपछि धरासायी बनेको दिल्ली क्यापिटल्सको व्याट्सम्यानलाई सस्तैमा आउट गर्न जसप्रित बुमराहले महत्वपूर्ण भूमिका खेले ।
टोरेन्ट बोल्टले धवन र पृथ्वी साको विकेट लिएपछि धरासायी बनेको दिल्लीलाई अझै धरापममा भने बुमराहल गरिदिए । रिषभ पन्त, मार्कस स्टोनी र हर्सल पटेलको विकेट लिएपछि मध्यक्रममा व्याट्सम्यानलाई ध्वस्तै बनाए ।
ओपनर सा केवल १० रनमा आउट हुदाँ शिखरको व्याट शनिबार आईपिएलको ५१ औं खेलमा मुम्बईसँग चल्दै चलेन् । कप्तान श्रेयस ऐयर पनि २५ रनमा राहुल चाहरले आउट गरेपछि दिल्लीले कमजोर शुरुवाती गरेको थियो ।
रिषभ पन्त २१ रन जोड्ने क्रममा बुमराहले आउट गरेपछि दिल्लीको खराब व्याटिंग दोहोरिरह्यो ।अन्तिम अर्डरका रुपमा रहेका रविचन्द्र अश्विनले १२ रन बनाए ।
उनलाई बोल्टले कुर्नाल पाण्डेको हातबाट क्याच आउट गरेपछि दिल्लीले ९ विकेटको क्षतिमा ११० मा समेटिएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…