भारत ६६ रनले पराजित

- अष्ट्रेलिया ३७४/६, भारत ३०८/८

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित


अष्ट्रेलियको ओपनरद्वय फिन्च र वार्नर । पहिलो विकेटको लागि १५६ को साझेदारी गरेका थिए ।

एजेन्सी-कप्तान आरोन फिन्च र स्टेभन स्मिथले शतकीय पारी खेलेपछि अष्ट्रेलियाले भ्रमणकारी टोली भारतलाई एकदिवसीय तीन खेलको श्रृखंलाको पहिलो खेलमा ६६ रनले पराजित गर्दै सिरिज १-० ले अग्रता लिएको छ ।

सिड्नीस्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ गरेको अष्ट्रेलियाले भ्रमणकारी टोली भारतलाई विशाल लक्ष्य प्रस्तुत गरेको थियो । फिन्च र स्मिथको शतकीय पारीमा अष्ट्रेलियाले ६ विकेट गुमाउँदै ३७४ रनको विशाल योगफल तयार पारेको थियो । कोरोनाको संक्रमणकालिन अवस्थामै पहिलो एकदिवसीय खेलमा वर्षको पहिलो सतकीय पारी खेल्दै उत्कृष्ट लय देखाए ।

फिन्चले ११४ रन र स्थिमले १०५ रन हिर्काए । ओपनर फिन्चले डेविड वार्नरसँग महत्वपूर्ण साझेदारी निभाए । वार्नर ६९ रनमा मोहम्मद सामीको बलमा आउट हुदाँ अष्ट्रेलियाले गतिलो शुरुवात गरेको थियो । दोस्रो विकेटको रुपमा क्रिज छिरेका स्मिथले फिन्चसँग महत्वपूर्ण साझेदारी निभाए । १०८ रनको साझेदारी निभाउने क्रममा स्मिथ मोहम्मद सामीकै बलमा आउट हुनु अघि शतक पुरा गरिसकेका थिए । स्मिथले ६६ बल खेल्दै शतकीय पारी खेल्दै उत्कृष्ट लयमा रहेको प्रमाणित गरे । फिन्चले पनि ११४ रनमा खेलिरहँदा जसप्रित बुमराहको बलमा आउट हुन पुगे । विशाल योगफल तर्फ अग्रसर रहेको अष्ट्रेलियालाई ग्लेन म्याक्सवेलले पनि ४५ रनको योगदान दिए । भारतका मोहम्मद सामीले ३ विकेट लिए ।

शिखर धवनको अर्धशतकीय पारी खेल्दै उत्कृष्ट व्याटिंग देखाउँदा अन्य व्याट्सम्यानको प्रभावकारी प्रदर्शनमा चुकेपछि भारतले अष्ट्रेलिया भ्रमणमा शुक्रबार एकदिवसीय खेलमा पहिलो हार व्यहोरेको छ । मायांक अग्रवालसँग पहिलो विकेटलको लागि ५३ रनको साझेदारी रह्यो । अग्रवाल व्यक्तिगत २२ रनमा आउट भएपछि भारतीय टोली दबावमा रह्यो । थप २५ रन जोड्ने क्रममा भारतले आफना कप्तान विराट कोहलीलाई पभेलियन फर्किएको देख्न पुगे ।

कोहलीले व्यक्तिगत २१ रन मात्रै बनाए । श्रेयस ऐयर २ र केएल राहुल १२ रनमा आउट भएपछि संकटमा रहेको भारतीय टोलीलाई उकास्ने काम भने हार्दिक पाण्ड्याले गरे । उनले ९० रनको इनिंग खेल्दै आफुलाई अब्बल सावित गरे । तर जितको लक्ष्यसम्म पुर्याउन भने सकेनन् । ओपनर धवन ७४ रनमा आउट भए । उनी जोस ह्याजलउडको बलमा आउट हुन पुगे । दश चौका हिर्काए ।

पाण्ड्या भने एडम जाम्पाको बल आउट हुदाँ ९० रनको इनिङ्स खेले । उनले ७ चौका र ४ छक्का स्कोरमा चढाए । उनको विकेट पतनपछि भारतले नवदीव सैनीले २९ र रबिन्द्र जडेजाले २५ रन बनायो । अष्ट्रेलिया भ्रमणमा रहेको भारत ८ विकेटको क्षतिमा ३०८ रनमा समेटियो । अष्ट्रेलियाका एडम जाम्पाले ४ र जोस ह्याजलउडले ३ विकेट लिएका थिए । खेलमा स्टेभन स्मिथ म्यान अफ दि म्याच घोषित भए ।