
पोखरा-आगामी दुईसातापछि पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि खेलाडी दर्ता शुरु भईसकेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रुट पोखरा २१ स्थित युवावर्ष आधार विद्यालय फुस्रेखोलाको पुल नजिकबाट शुरु हुने छ । पुलबाट सिधै मट्टीखान रिसोर्ट पुग्नुपर्ने छ । पुलदेखि रिसोर्टसम्म २५ किलोमिटरको दुरी छ । ईलाटई तर्फको प्रतिस्पर्धीले दुई ल्याप गर्नुपर्ने छ । भने ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीलाई एक ल्याप मात्रै गर्नुपर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सान्त्वना स्वरुप दुईजनालाई पाँच पाँच हजार रुपैयाँ प्रदान गरिएको छ । पुरुष तथा महिला दुवै इभेण्टमा प्रतिस्पर्धा गराईने पोखरा महानगरपालिकाले जनाएको छ ।
महानगर खेलकुद विकास समितिका अनुसार ४० वर्षमाथिको (माष्टर) प्रतिस्पर्धामा विजेताले १०, ७ र ५ हजार रुपैयाँ प्रदान गरिने छ । ‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूलमन्त्र हो । मन्त्रलाई आत्मसात गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो । टुर दि पोखराको पूर्वसन्ध्यामा मेयरकप साईकल दौड हुने महानगर खेलकुदले जनाएको छ ।
पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ । अभियान ७२ किलोमिटरको हुने छ । बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई धार्मिकस्थललाई जोड्ने अभियान साईकल सिटीले लिएको छ । विभिन्न उमेर समूहका साईक्लिष्टहरुले सहभागिता जनाउने छन् । दुई वर्ष कोभिड–१९ कै कारण टुर दि पोखराको यात्रा स्थगित गरिएको थियो । आगामी पुसको ७ गते टुर दि पोखरा आयोजना गरिएको साईकल सिटी पोखराले जनाएको छ ।
स्वास्थ्य, बातावरण र पर्यटनका लागि साईकल भन्ने नारा साईकल सिटीले तय गरेको छ । ¥याली पोखरा बजार क्षेत्र परिक्रम गर्ने छ । साईकल ¥यालीमै सुस्त गतिमा साईकल चलाउने प्रतियोगिता जस्ता कार्यक्रम समेत गरिने छ । १ हजार ५ सय भन्दा बढी साईक्लिष्टहरुले सहभागिता जनाउने छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…