पूर्वाछाने गण्डकी प्रदेशस्तरीय कायाकिङ च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १२ गते २०८० मा प्रकाशित


कायाकिङ विजेताहरु पदकसहित ।

पोखरा-उदयपुरका डम्बरबहादुर पूर्वाछाने पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय खुल्ला कायाकिङ च्याम्पियन बनेका छन् । पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको दोभानबाट शुरु भएको थियो । ९ किलोमिटरको दुरीलाई पूर्वाछानेले २८ मिनेट ९ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बने । च्याम्पियन पूर्वाछानेले नगद ३५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उछिन्दै च्याम्पियन हुदाँ गोरखाका सुरेन्द्र चेपाङले दोस्रो स्थानमा चित्त बुझाए । उनले दुरीलाई २८ मिनेट २० सेकेण्डमा पुरा गर्दै नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गरे । उनले दुरीलाई २८ मिनेट ३२ सेकेण्डको समयमा पुरा गरेका थिए । रविनले नगद १५ हजार समेत् पाए । प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै १० हजार रुपैयाँ पाउँदा खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद ५ हजार प्राप्त गर्न सफल भए । समिनले २९मिनेट २ सेकेण्डमा पुरा गरेका थिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामाया थापा मगर, परिषदका सदस्य गिरमान गुरुङ, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकाल प्रतियोगिताका संयोजक तथा परिषदका सदस्य बसन्तराज दवाडीको लगायतले बिजेता खेलाडी तथा सहभागिहरुलाई पदक, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितालाई नेपाल ¥याफटिङ तथा क्यानोइङ संघको समन्वयमा गण्डकी प्रदेश खेलकुद परिषदले पहिलो पटक आयोजना गरिएको थियो ।