‘अभाव र दबावले बक्सिङ छोडियो’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १२ गते २०८१ मा प्रकाशित


धन बस्नेत/पोखरा-चाहना र रहरले मात्रै हुदैन् । तर पारिवारिक जिम्मेवारीले थिचेपछि खेललाई चटक्कै छोडे । अभाव र दबाव उस्तै थियो । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिएको थियो । २०४० सालमा आयोजना भएको खेलकुद प्रतियोगितामा बक्सिङ रिङमा नकाउट भएपछि उनको जीवनबाट बक्सिङ पनि सधैंलाई नकाउट नै हुन पुग्यो ।
४१ वर्षपछि फेरी बक्सिङमा फर्किएका छन् । दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि नछिरेका बक्सर दिलिपकुमार श्रेष्ठ(दिलिप दोषी–६५) चारदशकपछि पोखरा रंगशाला छिरेका छन् । खेलाडी जीवनबाट टाढिएका बक्सर दोषी अहिले महानगर बक्सिङ संघमा प्रवेश गर्दै नयाँ शिराबाट शुरु गर्ने तयारीमा छन् ।

पोखरामा भर्खरै बक्सिङ मौलाउँन थालेको थियो । त्यसमा पनि अझ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्न पाउनु संसार जिते जस्तो हुन्थ्यो । त्यसमा पनि भारतीय सेनामा कार्यरत नेपाली बक्सरको दवदबा थियो । उनीहरुको दवदबाकै बीचमा पनि छनोट भएर खेल्नुपाउनु आफैंमा चुनौतिपूर्ण थियो । चुनौतिलाई पन्छाउँदै ुआफनै बलबुतामा राष्ट्रिय प्रतियोगिता खेल्दाको सम्झना उनको मानसपटलमा अझै घुमिरहेको छ । बक्सिङ खेल्न थालेको दुईवर्षमै राष्ट्रिय खेलकुदमा गण्डकी अञ्चलबाट सहभागिता जनाउन पाउनु नै संसार जितेजस्तो हुन्थ्यो । चाकडी नगरी खेल्न पाउने अवस्था थिएन् ।

उनी सम्झन्छन–‘स्कुलमा हुदाँ राष्ट्रिय सेवा दलमा थिँए । त्यही बक्सिङ सिक्ने अवसर जुर्यो । दलबहादुर रानाले सिकाउनुहुन्थ्यो । तीन महिना तालिमपछि काठमाडौं खेल्न गएँ । काठमाडौंको टुँडिखेलमा फाईट थियो । विपक्षी खेलाडी अग्लो कदका थिए । मनमा एकखालको डर पनि थियो । एकदुई पञ्च हानेपछि हच्किए । त्यसपछि आत्मविश्वास बढ्यो । अनि नकाउट हाने ।’ विपक्षीलाई ढलाएपछि हुटिङ गरे । उतिबेला नकाउट सिष्टममा प्रतिस्पर्धा हुन्थ्यो । अहिलेको जस्तो प्वान्ट र राउण्ड सिष्टम थिएन्् । कि आफुले नकाउट हिर्काउने, की आफैं नकाउट हुने । उनले लाईट वेट(४८ केजी तौल समूहमा) खेल्थे ।

काठमाडौंको गेमपछि उत्साह बढ्यो । उत्साहित बने । त्यसको दुईवर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थियो । जिल्लामा क्याम्पेन शुरु गरियो । क्याम्पेनमा प्रशिक्षण हुदाँअपोनेन्ट बक्सरलाई पराजित गरेपछि पोखरामा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा बक्सिङ रिङमा उपस्थिति रह्यो । राष्ट्रिय प्रतियोगितामा उनी नकाउट भए । नकाउट भएपछि उनले बक्सिङ खेललाई जीवनबाट नकाउट गरे ।

प्रतियोगिता खेलेको परिवारलाई थाहा थियो । पञ्च खाएको देखेपछि घरपरिवारले बक्सिङ छोड्न दबाव दिए । दोषी भन्छन–‘बक्सिङ खेल्छस भने घरबाट निस्कि भने । परिवारको जेठो छोरो । जिम्मेवारी पनि काँधमा थियो । आर्थिक अभाव उस्तै थियो । मनमा बक्सिङ भएपनि पैसाकै अभावले अगाडि बढाउन सकिन् । २०४१ सालमा बक्सिङलाई चटक्कै छोडे । मनभित्र कुण्ठित गरेर राखे । तर ४१ वर्षपछि बक्सिङमा जिम्मेवारी लिएर फर्किएको छु ।’ चारदशकपछि फर्किदाँ अहिले कोमाबाट फर्किएको जस्तो अनुभव भएको ठान्छन आफुँलाई । कुनैबेला बक्सिङ खेलेको थिँए भन्ने सम्झदा कोमाबाट फर्किएको जस्तो लाग्छ ।

स्कुल ढिलो गरी पढे । पोखराको मालेपाटनस्थिा बाराही माविमा पढे । स्कुल पासआउट भएपछि बक्सिङ पनि सँगसँगै पासआउट हुन पुग्यो । त्यतिबेला सतेन्द्र बस्नेत गुरु हुनुहुन्थ्यो । स्कुलमा पि.टी हुन्थ्यो । पि.टी (फिजिकल टे«निङ)मा फष्ट भँए । फष्ट भएपछि खेलकुदमा अवसर मिल्यो । स्कुल पढ्दा जोशमा खेलिन्थ्यो । कतैबाट सहयोग भन्ने हुदैन्थ्यो । नत ग्लोब्स थिएन् । काठमाडौं जाने भाडा पनि आफैंले खोज्नुपथ्र्यो । डाईटको कुरै नगरौ । घरमा उपलब्ध जे छ त्यही खाएर खेल्नुपर्ने बाध्यता थियो । तर पनि खेललाई अगाडि बढाउने प्रयास दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितापछि रोकियो ।

उनी सम्झन्छन–‘पेशेवरको रुपमा बक्सिङमा लागेको भए राम्रो हुन्थ्यो होला । तर अगाडि बढ्न सकेन् । अहिलेको जस्तो सुविधा थिएन् । चाप्लुसी बढी हुन्थ्यो । विमारी हुने, आखाँ सन्निने, नाक भाँचिने बक्सिङमा सामान्य नै थियो । परिवारले नै बन्देज गरे ।
स्कुले पासआउट पछि ओभरसियर पढ्न धरान गए । धरानबाट उनको जीवनमा नयाँ मोड आयो । काकाको क्र्वाटरमा बसेर पढ्दा छेवैमा पुस्तकालय थियो । पुस्तकालय प्रमुखको रुपमा काम गर्ने महिलासँग उनको मायापिरती बस्यो । २०४५ सालमा वैबाहिक जीवन बाँधिएपछि बक्सिङबाट झनै टाढा रहन पुगे ।

विवाह पछि फेरी बक्सिङ खेल्ने मन थियो । केवल मनमै रह्यो । श्रीमतीले बक्सिङ खेल्ने भए मलाई छोड्नोस भनेपछि बक्सिङलाई पारिवारिक जिम्मेवारी भन्दा माथि राख्न सकेनन् । लामो समयपछि मनभित्र कुण्ठित गरेर राखेको बक्सिङको चाहनालाई दोषीले पोखरा महानगर बक्सिङ संघको उपाध्यक्षको जिम्मेवारीमा रहँदै फर्किएका छन् । हिजो रिङमा उत्रिएका उनी अहिले युवा पुस्तालाई हौसला र प्रेरित गर्ने उद्देश्यसहित फर्किएको सुनाउँछन् ।

परिवारको जिम्मेवारी थपिएपछि दुई भाइलाई पढाउनुपर्छ भन्ने थियो । पढन छोडेर भाइलाई पढन पठाए । अभावकै बीचमा उनले ८ वर्ष विदेशी भूमीमा कर्म गरे । भाइलाई होस्टेल राखेर पढाए । पुराना यादलाई मानसपटलमा खेलाउँदै उनी भन्छन–‘अभाव बेस्सरी थियो । पैसा कमाउनुपर्छ भन्ने थियो । आम्दानीको स्रोत थिएन् । स्रोत नहुँदा पढाई अगाडि बढाईन् । गेम खेल्न नसक्नुको पीडा पनि पैसाकै अभाव हो । परिवारको दबाव परिन रह्यो ।’

बक्सिङबाट टाढा भएपछि उनले आफुलाई सामाजिक क्षेत्रमा मोडे । सिदार्थ क्लबबाट आवद्ध भए । सिदार्थ क्लबमा रहँदा विपद व्यवस्थापन समितिमा रहेर काम गरे । व्यवस्थापकीय जिम्मेवारी लिएरै काम गरे । खेलकुद र सामाजिक क्षेत्रमा सिकेको ज्ञान र सिकाईलाई नयाँ पुस्ता माझ अनुभव साट्ने उनको चाहना छ । उनी थप्छन–‘अहिले उहिलेको जस्तो खेलमा चार्म छैन् । तर अहिले खेलकुदका सबै पूर्वाधार छन् । खेल सामाग्री छ । सरसहयोग हुन्छ । हाम्रो पालामा सुको कसैले सहयोग दिदैन थिए ।’