
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो ।
ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनवारण गर्दै विश्वकप क्रिकेटमा सहभागित नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गरे । ट्रफी टुर कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रादेशिक क्रिकेट संघका पदाधिकारी एवं खेलकर्मीको उपस्थिति रहेको थियो ।
पोखरा रंगशालामा सार्वजनिक गरिएपछि ट्रफीलाई पोखराको फेवाकिनार बाराहीघाटमा सार्वजनिक गरिएको थियो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…