
किंग्स इलेभन पन्जाबका ग्लेन म्याक्सवेल ।
अबुधावी-केएल राहुल र मायांक अग्रवालले पहिलो विकेटको लागि ११५ रनको साझेदारी गरेपछि किंग्स इलेभन पन्जाबले कोलकोत्ता राईट राइर्डसले दिएको १६५ रनको लक्ष्य पछ्याउँदा पछ्याउँदै अन्तिममा २ रनले हारसँगै शनिबारको खेल टुग्याएको छ ।
अन्तिम ओभरमा १४ रन चाहिएको थियो जितको लागि । तर १ बल बाँकी हुदाँ ७ रनको खाँचो थियो । त्यही बेला सुनिल नरानेले विकेट लिए । दबावमा पुर्याएपछि किंग्सले सम्भावित जित नजिक पुगेर हार व्यहोर्न पुग्यो ।
ओपनर व्याट्सम्यान दुवैले शतकीय साझेदारी गर्दै उत्कृष्ठ शुरुवात दिलाएपछि किंग्सले लक्ष्य पुरा गर्न सकेन् । अन्तिम ओभरमा १४ रन खाँचो थियो । तर केवल १२ रन मात्रै बनाएपछि २ रनले पराजित हुन पुग्यो ।
अन्तिम १९ ओभरमा दुई विकेट गुमाएपछि किंग्स निकै तनाब र दबावमा परेको थियो । १२ बलमा २० रन चाहिएको अवस्थामा एकै ओभरमा दुई विकेट गुमाएपछि किंग्स जितको लक्ष्य पुरा गर्न ..रनबाट चुक्यो । अन्तिम ओभरमा समेत सुनिल नरानेले मन्दिप सिंहलाई डक आउट गरेपछि किंग्स इभेलन पन्जाब २ रनले पराजित भयो ।
राहुलले नटआउट ७१ हिर्काए । अग्रवालले ५६ रन बनाएका थिए । अग्रवालले ३९ बल खेल्दै ६ चौका र १ छक्का हिर्काउँदै अर्धशतक पुरा गरेका थिए । उनको र राहुलको जोडीले सानदार शुरुवात गरिदिएपछि किंग्सलाई लक्ष्य पछ्याउन सहज हुने अनुमान गरिएको थियो । तर ओपनर दुवै आउट भएपछि किंग्सले लक्ष्य पुरा गर्न सकेन् । निकोलस पोरमले १६ रन बनाए । ग्लेन मेक्सवेल भने १० रनमा नटआउट भए । प्रसिद्ध कृष्णले तीन विकेट लिएका थिए ।
कोलकोत्ता नाईट राइर्डसका ओपनर सुभम गिलले अर्धशतक हिर्काएपछि धर्मराएको कोलकोत्ता नाईट राइर्डसको इनिंग सम्हाल्दै किंग्स इलेभन पन्जाबलाई १६५ रनको चुनौति दिएको थियो । अबुधावीस्थित जियाद क्रिकेट स्टेडियममा भारतीय फ्रेन्चाईज लिग आईपिएलको २४ औं खेलमा राहुल त्रिपाठी(४) र नीतिश राना(२) आउट भएपछि ओपनरको रुपमा रहेका सुभमले धैर्यताका साथ व्याटिंग गर्दै ५७ रनको पारी खेलेका थिए ।
्
सुमभले ४७ बल खेल्दै ५७ रन बनाउँदा कोलकोत्ताले सम्मानजनक स्कोर बनाउन अग्रसर थियो ।इयोन मोर्गानलाई समेत २४ रनमै गुमाएको कोलकोत्तालाई सम्हाल्ने जिम्मेवारी दिनेश कार्तिकको काँधमा आईपर्यो ।
कार्तिकले ५८ रन जोडे । २९ बल खेल्दै ८ चौका र २ छक्का हिर्काए । सुभम आउट भएपछि क्रिज छिरेका आन्द्रे रसेल पनि धेरैबेर क्रिजमा टिकेनन् । उनलाई ५ रनमा खेलिरहदाँ अर्षदिप सिंहले सिम्रन सिंहको हातबाट क्याच गराए ।
कार्तिक पनि ५८ रन जोड्दै अर्को रन लिने क्रममा रनआउटको शिकार भए । किंग्सका मुजिम उर रेहमानले ४ ओभरमा ४४ रन खर्चिए । विकेट भने उनको नाममा आएन् । कोलकोत्ता ६ विकेटको क्षतिमा १६४ बनाएको थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…