
धन बस्नेत, पोखरा –धरान फुटबल क्लबले तेस्रो पटक आहा राराको क्र्वाटरफाईनल खेल्न योग्य हुदाँ पाहुना टोली सिक्किमे टोली भने झरीमा विरक्त बन्ये । आहा राराको १६ औं सस्करणको दोस्रो दिन बुधबार धरानले सिक्किम युनाईटेडमाथि ३—० को इज्जतिलो नतिजा निकाल्दा तेस्रो पटक क्र्वाटर खेल्ने सम्भब बनायो । गतवर्ष क्र्वाटरफाईनल खेलेको सिक्किम यो संस्करणमा भने इटहरी गोल्डकपकै कारण पोखरा प्रिक्र्वाटरमै उपस्थिति जनाउन आईपुग्यो ।
खेलको एकघण्टासम्म धराने टोलीको चुनौतिलाई कडा रुपमा पन्छाउँदै आएपनि थकान बन्दै गएपछि पहिलो गोल ६२ औं मिनेटमा सामना गर्यो । डिफेन्सबाट ओभरल्यापमा आएका रोमन लिम्बुले धरानको लागि गोलको खाता खोले ।
र्तमान राईको कर्नर बल डिफेन्सबाट क्लियर हुदैं डिबक्स बाहिर आएको बललाई लिम्बुले साईड भली हिर्काउँदै गोलमा परिणत गरेपछि धरान सिक्किममाथि दवाव सृजना गर्न पुग्यो । त्यसको एक मिनेट पछि नै बर्तमान राईले नै दिएको क्रसबललाई गोललाईन नजिकै बसेका म्यान अफ दि म्याच सजन राईको ‘व्याक हिल’ प्रहार फष्टबारमा छिरेको थियो ।
दोस्रो हाफमा थकित बन्दै गएको सिक्किमे टोली झरीले पनि खेल्नको लागि केही असहज बनाईदियो । सिमसिम परेको पानीले मैदानको धुलो मरेपनि खेलाडीलाई भने बल चिप्लिएर नियन्त्रण गर्न कठिनाई भएको थियो । निशान राईकको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका धिरेन लिम्बुको उत्कृष्ठ फष्टबार च्याप्दै गोल हुन पुग्यो । ७५ औं मिनेटमा लिम्बुले हानेको हेडिङ ‘क्लियर फिनिसिङ’ थियो ।
१३ औं सहभागिता जनाउन पोखरा आईपुगेको धरानले पहिलो हाफमा राम्रो अवसर पायो । तर डिफेन्सलाई तोड्न नसक्दा गोलको खडेरीमै पहिलो हाफ टुग्यायो । ३७ औं मिनेटमा निशान राईले हानेको बललाई सरोज राईले गोल लाईनबाट क्लियर गरेपछि सिक्किमे टोली पहिलो हाफमा गोलरहित बनाउन सफल रह्यो ।
५८ औं मिनेटमा नवल सेवाले दिएको व्याक क्रसपासलाई मानस राईले बायाँखुट्टाले भली प्रहार गरे । तर बल गोललाईनमा सिक्किममा खेलाडीले धरानका गोलकिपरलाई फउल गरेपछि महत्वपूर्ण अवसर गुमाउन पुग्यो । पेमा लुण्डुपले पहिलो हाफमा डिबक्स बाहिरबाट हानेको बललाई धरानका गोलकिपरले क्रसबारमाथि बल फाल्दै धरानको संकट टारेका थिए । बिहीबारको खेल सिएमजी संकटाले विभागीय टोली शसस्त्र प्रहरीबलसँग खेल्ने छ ।
आयोजक सहारा क्लबले इटहरी गोल्डकपलाई देखाउँदै खेल तालिका भने बनाईसकेको छैन् । प्रिक्र्वाटर फाईनलसम्मको तालिका बनाईएपछि क्वार्टरफाईनलपछिका खेलको तालिका भने छैन् । खेल तालिका नहुदाँ आम दर्शक समेत अन्यौलमा परेका छन् । प्रतियोगिता पुर्व नै खेल तालिका बनाउनुपर्ने नियम छ । तर आहा रारा गोल्डकपमा भने उपस्थित हुने क्लबलाई ध्यानमा राखेर व्यवस्थापन गरिदैं आएको छ ।
तस्वीर सुर्दशन रन्जित


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…