हैदरावाद पराजित, प्लेअफ रोमाञ्चक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित


ऋद्धिमन साहलाई स्टम्पिग आउट गर्दै ।

सारजहा(एजेन्सी)-रोयल च्यालेन्ज बौग्लोर गएराती सनराईज हैदरावादसँग ५ विकेटले पराजित भएपछि आईपिएलको प्ले अफ रोमाञ्चक बनेको छ । जितसँगै प्लेअफको सम्भावना रहेको बैंग्लोरको हारले अन्य फ्रेन्चाईज टिमलाई पनि प्ले अफको ढोका उत्तिकै खुला रहेको छ ।

मुम्बई इण्डियन्स १८ अंकसहित शीर्षस्थानमा रहेर प्ले अफको लागि छनोट हुदाँ बैंग्लोर र दिल्ली समान १४ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । हैदरावाद, पन्जाब, राजस्थान र कोलकोत्ता समान १२ अंकसहित क्रमश चौथो, पाँचौ, छैटौं र सातौं स्थानमा छन् ।

शनिबार राती सारजहास्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा बैग्लोर १२० रनमै समेटिएको थियो । जित्नै पर्ने दबावमा रहेको बैग्लोरको लागि देवीदत्त पड्डीकल र विराट कोहली दोहोरो अंकको रन विहीन क्रिज छाड् ।

उनीहरु दुवैलाई सन्दीप शर्माले आउट गरेपछि बैंग्लोरको अवस्था कमजोर बन्न पुग्यो । ओपनर जोसे फिलिपेले ३२ रनको योगदान दिदाँ एबीडि भिलियर्सले २४ र वासिंटन सुन्दरले २१ रन बनाए । बैग्लोरले ७ विकेटको क्षतिमा १२० रन बनाउँदै औषत ६ रनरेटको लक्ष्य थियो ।

हैदरावादका कप्तान डेविड वार्नर ८ रनमै पभेलियन फर्किएपछि दबावमा परेको थियो । तर ऋद्धिमन साहले ३९ रन बनाई उकास्ने प्रयास गरे । मनिष पाण्डेले पनि २६ रन स्कोर कार्डमा चढाएपछि हैदरावादले जितको नजिक पुगेको थियो ।

किन विलियम्सन र अभिषेक शर्मालाई पनि समान ८ रनमा आउट गरेपछि धरापमा देखिएको हैदरावादलाई जितसम्म डोहोर्याउने काम भने जासन होल्डरले गरे । उनले अविजित २६ रन बनाएपछि हैदरावादले बैग्लोरलाई ५ विकेटले पराजित गर्यो ।