
एजेन्सी— करियरकै पहिलो ग्राण्डस्लाम उपाधिको लागि महिला शीर्ष खेलाडीहरु एकापसमा भिड्दै छन् । सिमोना हलेपले उपाधिको लागि शीर्ष २ की कारोलिन वोज्नियाकी बीच हुने छ ।
सेमिफाईनलमा ओज्नियाकीले पुर्व शीर्ष खेलाडी एलिज मार्टेन्सलाई पराजित गर्दै फाईनल प्रवेश गरेकी हुन् । बिहीबार भएको खेलमा उनले एलिजलाई ६—३, ७—६(२) को सेटले पराजित गर्दै करियरको पहिलो उपाधि नजिक पुगेकी हुन् । सन २००९ मा युएस ओपनमा फाईनलमा पुगेपनि उपाधि विहीन भएकी थिईन् । त्यतिबेला किम क्लिजटर्सले पराजित गरेकी थिईन् । २०१४ मा पनि सेरेना विलियम्सँग पराजित भएपछि करियरकै उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन् । सेमिफाईनलमा ५—४ को सेटमा ३०—१५ ले अगाडि रहेको अवस्थामा समेत डबल फाउल हानेपछि सेट ५—५ को स्थितिमा पुगेको थियो ।
अर्को सेमिफाईनलमा सिमोनाले एन्जेलेक्यु केर्बेरलाई ३—६, ६—४, ९—७ सेटमा पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छिन् । तेस्रो सेटको नजिता निकस्नेको लागि ६८ मिनेट लागेको थियो । ५—३ को अवस्थामा रहदाँ केर्वेरले २६ औं ¥यालीमा ब्याकह्याण्ड हान्दै नेट लाईनमै खसाल्दै अंक जोड्नि । ६—५ को सेट रहँदा केर्बेरले सेटलाई बराबरीमा ल्याउँदै टाइब्रेकर तर्फ उन्मुख बनाईन् । ७—८ ले पछि परेकी जर्मनी खेलाडी केर्बेरले बललाई कभर लाईनभन्दा बाहिर फालेपछि सिमोनाले अन्तिम सेट ९—७ ले लिदैं उपाधि तर्फ उन्मुख भएकी हुन् ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…